नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गत असार १३ गते मनोनित गरिएको तरुण दलको केद्रीय सदस्यमा युवा नेता जय कुमार तामाङ ऐशेलुखर्क गाउँ पालिकाबाट पहिलो तरुण दल केन्द्रिय सदस्य बनेका छन। तामाङ लगायत खोटाङ्गबाट ६ जना युवा नेताहरु तरुण दल केन्द्रिय सदस्य मनोनितमा परेका छन। खोटाङ्गबाट मनोनित हुनेमा जय कुमार तामाङ्ग, रोजन राई, दिनेश राई, सतेन्द्र ठकुरी, भिषण राई र संजय राई रहेका छन् ।
तरुणहरु बीच निकै लोकप्रीय नेता मानिएका जय कुमार तामाङ खोटांग कांग्रेसमा उर्जाशील नेताका रुपमा चिनिन्छन । उनी गत २०७४ सालको स्थानिय निर्वाचनमा ऐशेलुखर्क गाउँ पालिका -२, बाकाचोलबाट वडा सदस्य पदमा निर्वाचित भएका थिए । उच्च शिक्षा अध्यानको क्रममा पशुपति बहुमुखी क्याम्पस, काठमाडौं बाट राजनैतिक यात्रा सुरु गरेका तामाङले राजनीति संघै आफुलाई सामाजिक ब्याक्त्तित्वको रुपमा समेत स्थापित गरि सकेका छन।
गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको कांग्रेसले अहिले सातै प्रदेशबाट सदस्यहरू मनोनयन गरेको हो ।