• सोमवार, बैशाख १७, २०८१
  • | April 29, 2024


मातृभूमिको कम्प्युटर सहयोग कार्यक्रम सपन्न


नेपाली अपडेट
बिहिबार, असार २१, २०८०
 

मातृभूमि बाकाचोल सेवा समाज नेपालको “Computer Aid program for Community School 2023” बार्षिक कार्यक्रम सपन्न भएको छ । Secure Populaire Français नामाक फ्रन्सेली संस्थाको अर्थिक सहयोग तथा मातृभूमि बाकाचोल सेवा समाज नेपाल सहकार्यमा ऐशेलुखर्क गाउँ पालिका भित्र रेहेका बिभिन्न १० वटा विद्यालयहरु श्री कालिका बालबिकास मा. बि. राखा , श्री जलपा मा. वि. बादेल , श्री कलिका मा. वि.वाकाचोल, श्री त्रिभुवन मा. वि. ऐसेलुखर्क, श्री सिम्ले मा. वि. जल्लेश्वोरी , श्री शिशु मा. वि. महेश्वरी, श्री शन्तोदय मा. वि.ज्यामिरे , श्री माक्पा मा. वि.माक्पा, श्री कालिका आधरभुत विद्यालय, पारा र श्री बौद्ध आधारभुत बिद्यालय झाकृबासलाई एक एक वट Dell Vostro 3510 i5 11th Gen / 8GB RAM /512 GB HDD/ 15.6″ FHD Display ल्यापटप साथै बाकाचोल बहुउद्देश्यीय सहकारी संस्थालाई HP LASER MFP 135W PRINTER सहयोग प्रदाण गरिएको छ।

ऐशेलुखर्क गाउँ पालिका अध्यक्ष गिरेन्द्र बहादुर राईको प्रमुख अतिथ्य तथा ऐशेलुखर्क गाउँ पालिका वडा नं. २ का वडाध्यक्ष नन्द कुमार तामाङको विशेष आतिथ्यमा गत असार १६ गते बाकाचोल बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौ बार्षिक साधरण सभाकै कार्यक्रमको मेसोमा गरिएको उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संस्थाका अध्यक्ष टिकाराम पुरीले आफु जन्मेको जन्म भूमिमा सबैले शैक्षिक, सामाजिक, आर्थिक र भौतिक बिकासको लागी आफुले सकेको योगदान दिनुपर्ने बिचार व्यक्त गर्नु भयो । ऐशेलुखर्क गाउँ पालिका अध्यक्ष श्री गिरेन्द्र बहादुर राईले संस्थाले गाउँ पालिका भित्र रहेका विद्यालयहरुको शैक्षिक उन्नयनका लागी गरिएको सहयोगको खुलेर प्रसंसा तथा धन्यवाद ज्ञापन गर्नु भयो।

बाकाचोल बहुउद्देश्यीय सहकारी संस्थालाई दिएको सापटी रु. २,००,०००/ ऋण मिनाहा

सिंदुरे ढुङ्गा लिदिङ खोला लघु जलविद्युत आयोजनाको पुनः निर्माणको क्रममा २०७४ सालमा मातृभूमि बाकाचोल सेवा समाज नेपालले प्रदाण गरेको सापटी ऋण रु. २,००,०००/ (अक्षरीपी दुई लाख रुपैयाँ ) मिनाहा गरि आयोजनालाई अनुदान स्वरुप प्रदान गर्ने घोषणा गरिएको छ। गत असार १६ गते सहकारी संस्थ तथा आयोजनाको पाचौं बर्षिक साधरण सभा कार्यक्रममा सहकारी संस्थाको तर्फ बाट ऋण मिनाहाको लिखित निवेदन अध्यक्ष हेमकाजी पुरीले मातृभूमि बाकाचोल सेवा समाज नेपालका अध्यक्ष टिका राम पुरीलाई पेस गर्नु भएको थियो। दुवै संस्थाहरु समग्र बाकाचोलको हितमा संचालित संस्था भएकोले आयोजनालाई अऋणि बनाएर अघि बडदा समग्र बाकाचोलको हित हुने निर्क्यौल गरि सापटी ऋण रकम मिनाहा गरिएको संस्थाका अध्यक्ष टिकाराम पुरीले बताउनु भएको थियो ।

२०६७ सालमा स्थापित मातृभूमि बाकाचोल सेवा समाज नेपालले बाकाचोल लगायत ऐशेलुखर्क गाउँ पालिकामा बिविध बिकास निर्माणका कामहरु साथै बिशेष गरि शिक्षा र स्वस्थको क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

फोटो फिचर

प्रकाशित भएको : July 6th, 2023

सम्वन्धित समाचारहरु