• सोमवार, बैशाख १७, २०८१
  • | April 29, 2024


अवरुद्व दुबेकोल – ऐशेलुखर्क सडक सुचारु


नेपाली अपडेट
शुक्रबार, असार २९, २०८०
 

अविरल बर्षाको कारण ऐशेलुखर्क गाउँ पालिकाको मुख्य प्रवेशद्वार दुबेकोल -ऐशेलुखर्क सडक खण्डको भीरपानीमा गएको पहिरो हटाइ अवरुद्व दुबेकोल – ऐशेलुखर्क सडक बिहान ८ बजे देखि सुचारु गरिएको छ।

दुबेकोल -ऐशेलुखर्क सडक खण्ड अन्तर्गत भीरपानी स्थित सडकमा हिजो बेलुकी खसेको पहिरोको कारण सडक अवरुद्व भएको जानाकारी पाउन साथ ऐशेलुखर्क गाउँ पालिकाको स्काभेटर र गाउँ प्रहरीको टोलि परिचालन गरि हिजै सडकको अवरोध हटाउने प्रयास गरिएको थियो। निरन्तरको अविरल वर्षा, रातिको समय अनि पहिरो खस्न नरोकिएको कारण हिजै सडक सुचारु गर्न सम्भव नभए पछि आज बिहान ५ बजे देखि गाउँ पालिका अध्यक्ष्य गिरेन्द्र बहादुर राई, उपाध्यक्ष राजेश राजभण्डारी, वडा न ३ का वडाध्यक्ष टेकेन्द्र राजभण्डारी साथै नेपाल प्रहरी र गाउँ प्रहरी लगायतको टोलि ऐशेलुखर्क गाउँ पालिकाको स्काभेटर सहित पहिरो हटाउनको लागी खटिएको थियो । निरन्तर ३ घन्टाको अथक प्रयास पछि पहिरोको कारण अवरुद्व सडक बिहान ८ बजे देखि सुचारु भएको जानाकारी अध्यक्ष राईले नेपाली अपडेटलाई दिनु भएको छ।

प्रकाशित भएको : July 14th, 2023

सम्वन्धित समाचारहरु