
मङ्लबार, पुस १०, २०८०
प्रभात लामा रसुवा
हिमाली जिल्लाको रसुवाको आमाछोदिङमो गाउँपालिका प्रमुख सवार गाडी दुर्घटना
नुवाकोट, पुस १० । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा रसुवाको आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ चढेको गाडी दुर्घटना भएको छ । अध्यक्ष तामाङ चढेको बा २ झ ३७८७ नम्बरको गाडी अनियंत्रित भइ रसुवाबाटै आइरहेको गाडी एकाअर्कासग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
दुर्घटनामा विदुरका उमेश थपलिया र उनको श्रीमती विमला ढकाल घाइते भएका छन् । अर्का घाइते मेघाङका ३० वर्षिय बिरबहादुर तामाङको भने थप उपचारार्थ काठमाडौं टोखाको ग्राण्डी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रकाशित भएको : December 26th, 2023