• बिहिबार, बैशाख २७, २०८१
  • | May 9, 2024


मंसिर पुर्णिामा/धन्यपुर्णिमाको राति स्थानीय झाक्री (बोन्पो)द्वारा पूजापाठ


नेपाली अपडेट
बुधबार, पुस ११, २०८०
 

🖋️….. योन्जान पाला

सिन्धुपाल्चोक ।सिन्धुपाल्चोक:लिसंखु पाखर गाउँपालिका-१, नं. वडामा अबस्थित पोलोधोङ (ढुबफुग)गुफा महादेवको हिजो मंसिर पुर्णिामा/धन्यपुर्णिमाको राति स्थानीय झाक्री (बोन्पो) श्री तिर्थ बहादुर गोले तामाङज्युको अगुवाइमा केही थोरै भएपनी
स्थानीयवासीहरुको उपस्थितिमा रातभर विशेष पुजा,आराधना गर्दै।
उहाले धेरै समय पहिले देखि पुजा आराधना गर्दै आउनु भएको कुरा जानकारी दिनु भयो। प्रचारप्रसारको कमीका कारण स्थानीयहरु अनभिज्ञ रहेको बुझिन्छ।

वास्तवमा हाम्रो ठाउमा हामीलाई प्रकृतिले यस्ता खालको धेरै उपहारहरु दिइएको भए तापनि यसको ऐतिहासिक,धार्मिक,साँस्कृतिक,प्राकृतिक र पर्यटकीय महत्त्व एवं महिमालाई बुझ्न नसक्दा कस्तुरीले आफ्नो विना थाहा नपाएको जस्तै भएका छन।

नजिकको तीर्थ हेला भन्ने भनाई सार्थकता अनुभुती भयो।
यो खालको ऐतिहासिक,धार्मिक,साँस्कृतिक,प्राकृतिक महत्त्वका सम्पदाहरुको सम्बर्द्धन/प्रबर्द्धन,संरक्षण,लेखन अनि प्रचारप्रसार गर्न ढिलो भइ सकेको देखिन्छ।

बोटमा फल फलेर मात्रै नहुदो रहेछन्। फललाई टिप्नु खानु र अरुलाई पनि चखाउनु,खुवाउनु नसक्नु मुख्य दोष हाम्रै हो।
त्यसैले सम्बन्धित सरोकारवाला सबैबाट चासो र दृढताका साथ यसको बृहत्तर बिकासको लागि संकल्पका साथ लाग्न अपील गर्दै,
म आफ्नो ठाँउबाट यो क्षेत्रको बिकासको लागि अहोरात्र लागि रहने संकल्प लिदै आगामी पुजा सिजन सम्ममा उज्यालोको लागि र त्यस आसपासका संरचना सुरक्षित राख्न प्राबिधिक हिसाबले के कस्तो उपाय हुन सक्छ लागत अनुमान गरि काम गर्ने प्रतिबद्धता राख्दछु। ११पौष २०८०
धन्यवाद! थुजेछे!

प्रकाशित भएको : December 27th, 2023

सम्वन्धित समाचारहरु