• बिहिबार, बैशाख २७, २०८१
  • | May 9, 2024


बिश्व सम्पदा “बौद्ध”को मुहार फेरिदै


नेपाली अपडेट
बिहिबार, पुस १२, २०८०
 

🖋️……चन्द्र जीत मोक्तान (बौद्ध)

काठमाडौं । बिश्व सम्पदा बौद्ध स्तुपाको सुन्दरतालाई मध्यनजर गर्दै बौद्ध तामाङ कल्याण गुठीको सकृयता र समन्वयमा, अव्यवस्थित बिद्धुतिय ,टेलिकमका तारहरुलाई भुमिगत गरि व्यवस्थापन गर्न उज्यालोका राजा बिद्धुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको पहलमा एसियन विकास बैंकको सहयोगमा , एल एण्ड टी कन्स्ट्रक्सन कम्पनीले कार्य सुरुवात गर्दै रहेको छ।
साथै उक्त क्षेत्रमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा खानेपानी , ढल , लगायतका पानीका पाइप र ईट्टा बिछ्याउने कार्यलाई अघि सरेका छन्। सो कार्यमा स्थानीय समाजसेवी ,बुद्धिजीवी , व्यापारीहरुको साथ सहयोग र सहमति रहेका छन्।
वास्तवमा छलफल बैठकले नै राम्रो निष्कर्ष र सहि सकारात्मक कार्य दिशानिर्देश गर्दछ। सबैले हातमा हात ,काधमा काध मिलाएर बौद्धलाई सुन्दर ,शान्त ,र समृद्ध बनाउन उत्तिकै जिम्मेवारी र दायित्व रहन्छ। एक आपसमा रिस राग नराखि ,पवित्र धार्मिक स्थल , बिश्व बौद्ध धर्मावलम्बीहरुको आस्थाको धरोहरको प्रतिष्ठालाई उच्च राख्न सबैलाई भगवान बुद्धले आशिर्वाद प्रदान गरुन् । जय बौद्ध , जय बुद्ध ।

प्रकाशित भएको : December 28th, 2023

सम्वन्धित समाचारहरु