• शनिबार, बैशाख १५, २०८१
  • | April 27, 2024


मोडल युनाइटेड नेसन आयोजना गर्ने पहिलो संगठन बन्दै नेसनल प्याब्सन बुढानिलकण्ठ ।


नेपाली अपडेट
मङ्लबार, पुस १७, २०८०
 
नेसनल प्याब्सन बुढानिलकण्ठले मोडल युनाइटेड नेसन (MODEL UNITED NATION, MUN) आयोजना गर्ने
निजी विद्यालयहरुको छाता संगठन नेसनल प्याब्सन बुढानिलकण्ठ नगर कमिटीले मोडल युनाइटेड नेसन (Model United Nation, MUN) आयोजना गर्ने भएको छ । यहि माघ १२ र १३ गते सम्पन्न हुने उक्त कार्यक्रममा नगर भित्रका सबै नेसनल प्याब्सनका सदस्य विद्यालयहरुले सहभागिता जनाउन पाउनेछन । नेसनल प्याब्सन र प्याब्सनकै इतिहासमा पहिलो पटक आयोजना हुन लागेको उक्त कार्यक्रमबारे विस्तृत रूपमा जानकारी गराउन माघ ५ गते आयोजकले सहभागी विद्यालयहरुका प्रिन्सिपल साथै विद्यार्थीहरु संग अन्तरक्रिया साथै विशेष कार्यशाला समेत आयोजना गर्ने भएको छ । फरक किसिमको कार्यक्रम भएकै कारण विद्यार्थी र विद्यालयहरु उत्साहित रहेको नेसनल प्याब्सन बुढानिलकण्ठका सचिव सुदिप काफ्लेले बताए । सिङ्गो नगर कमिटी नै कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न लागि परेको र कार्यक्रम एतिहासिक बन्ने कुरामा आफू ढुक्क रहेको बताउछन् नेसनल प्याब्सन बुढानिलकण्ठका कोषाध्यक्ष इश्वर के सी । विद्यार्थीहरुलाई अन्तरास्ट्रिय स्तरको मंच प्रदान गर्नुका साथै युनाइटेड नेसनबारे व्यवहारिक रुपमा बुझाउन संग संगै विद्यार्थीहरुको व्यक्तित्व विकास र नेतृत्व विकासको लागि यो कार्यक्रम आयोजना गर्न लागिएको नेसनल प्याब्सन बुढानिलकण्ठका अध्यक्ष तेन्जिङ भोटियाले बताए ।
प्रकाशित भएको : January 2nd, 2024

सम्वन्धित समाचारहरु