• मङ्लबार, बैशाख ११, २०८१
  • | April 23, 2024


काठमाडाैंमा प्रदर्शन प्रदेश ३ को नाम बाग्मती राख्ने निर्णयको विराेधमा


नेपाली अपडेट
बुधबार, पुस १६, २०७६
 

१६ पौष २०७६ बुधबार

नेकपाको सचिवालय बैठकले प्रदेश नं ३ काे नाम बाग्मती राख्ने निर्णय गरेपछि पहिचान पक्षधरहरुले मंगलवार काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौंको असन, न्यूरोड, इन्द्रचोकमा पहिचान पक्षधरहरुको संयुक्त भेलालले कोणसभा गरी बृहत प्रदर्शन गरेका हुन् । उनीहरुले नेपाल मण्डल वा नेवाः ताम्सालिङ प्रदेश हुनुपर्ने माग राख्दै प्रदर्शन गरे ।

नेवाः युथ अर्गनाईजेशन, नेवाः राजनीतिक अभियान, सेभ नेपाः भ्याली, नेपाः राष्ट्रिय परिषद, नेपाल सांस्कृति पुनः जागरण अभियान, नेपाः देय् गुथी नेपाल मण्डल र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको संयुक्त आयोजना सो प्रदर्शन भएको हो ।

त्यस्तै, पहिचान पक्षधरहरुको मंगलबारको भेलाले एक प्रेस विज्ञप्ती जारी गरी बागमती प्रदेश नमांकन अबिलम्ब सच्चाउन नेकपालाई आग्रह गरेको छ । बागमती प्रदेश नाम फिर्ता नलिए क्रमबद्ध पहिचान पक्षधरहरुले कडा रुपमा सडक संघर्ष गर्ने चेतावनी दिँदै प्रदेश ३ को नाम पहिचानसहितको नेवाः तामासालिङ हुनु पर्नेमा माग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ३ को नाम बागमती राखेपछि विरोध सुरु भएको छ । नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजाधनी हेटौडा राख्ने निर्णय गरेपछि पहिचान पक्षधरहरुले सो कडा विरोध जनाएका छन् ।

प्रकाशित भएको : January 1st, 2020

सम्वन्धित समाचारहरु