• शनिबार, बैशाख १५, २०८१
  • | April 27, 2024


खोटाङमा विद्युत चोरी , पुर्व वडाध्यक्षको संलग्नता


नेपाली अपडेट
सोमवार, माघ २९, २०८०
 

खोटाङ जिल्लाको बाकाचोलमा बाकाचोल बहुउद्देश्यीय सहकारी संस्था ली. द्वारा संचालित सिंदुरे ढुङ्गा लिदिङ्खोला लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युतको महशुल नतिर्ने उपभोक्ताहरुको विद्युत लाईन काटन थालिएको छ। बर्षौं देखि बिद्युत उपभोग गरे बापतको बिद्युत महसुल तिर्न यस अघि पटक पटक सहकारी संस्थाले ताकेता गरेता पनि बिद्युत महशुल तिर्नुको सट्टामा सहकारी संस्था र त्याहा कार्यरत कर्मचारीहरु लाई धाक धम्की र गाली गलौज गर्न थाले पछि बाध्य भएर लाईन काटन परेको जानकारी संस्थाका सचिव तुलसीराम पुरीले दिएका छन ।
काटिएको लाईन चाेरी गरी जोडियो,पुर्व वडाध्याक्षको संलघ्नता
सहकारी संस्थाले गत माघ २४ गते लाक्पा तामाङ र डम्बर बहादुर तामाङको घरमा काटिएको लाईन ऐशेलुखर्क गाउँ पालिका वडा नं. २ का पुर्व वडाध्यक्ष शन्तबिर तामाङको संलग्नतामा आफुखुसी लाईन चाेरी गरी जोडेको पाइएको छ । सानालाई ऐन ठुलालाई चैन भने झैं उहाँलाई मात्र यो छुट कसरी भयो र संस्थाले अब कस्तो किसिमको कानुनी बाटो अवलम्बन गर्छ ? भन्ने प्रश्नमा संस्थाको सचीव तुलसीराम पुरी भन्छन  “बिधिवत रुपमा बिद्युत महशुल तिर्नुस भन्दा विभिन्न धाक धम्की दिने, यसै संस्थाका पुर्व सचिव लाक्पा तामाङले आफ्नो हिसाब संस्थाको लेखा परिक्षणमा नमिलेको र आफ्नो पैसा लिन बाँकी रहेको र सोहि पैसा बराबरको बिद्युत उपभोग गर्छु अनि हिसाब मिलान गर्छु भनेर अत्तो थाप्ने काम गर्नुभयो। यस नयाँ कार्य समितिले पुरानो कार्य समितीले जसरी हर हिसाब वर बुझारथ गर्यो त्यही अनुसारको लेखापरीक्षण गरि ६ बर्ष बिति सक्यो, उहाँ अहिले आएर त्यही कुरामा निउ खोजेर बस्नु भा छ। यसै गरि हिजोको दिनमा आयोजना लथालिङ्ग बनाउने, आयोजना बन्द गराउने नियतको साथ खानेपानी आयोजनाको नाममा पानी अन्त पठाउने , हिजो वडाध्यक्ष हुँदा आयोजनालाई प्रतिशोध पुर्ण ब्याबाहार गरेको र त्यसैको निरन्तरता स्वरुप निज वडाध्यक्षले सुरक्षाकर्मी र जनप्रतिनिधि सहितको रोहबरमा काटिएको लाईन आफुखुसी जोडेर बाल्नु भएको छ। आफुखुसी यस्तो हर्कत चाेरी चोरी हट्ठा, दलाहा र लुटेर प्रवृत्ति भएको र यस्तो कार्यले निजलाइ मात्र नभएर समग्र समाजलाई नै नकारात्मक असर गर्छ। यस्ता प्रवृत्तिलाई निर्मुल गर्न संस्थाले कानुनी प्रक्रिया अगाडि बढाउछ ।”
आफुखुसी लाईन जोडिएका उपभोक्ता लाक्पा तामाङ संस्थाका पुर्व सचिव, गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षका प्रत्यासी तथा पुर्व वडाध्यक्ष शन्तबिर तामाङका भेनाजु हुन भने डम्बर बहादुर तामाङ बुवा हुन ।

 

 

 

 

प्रकाशित भएको : February 12th, 2024

सम्वन्धित समाचारहरु