• शनिबार, अशोज १३, २०८०
  • | September 30, 2023


यस्तो छ प्रधानमन्त्री ओलीको नयाँ अस्थाई सरकारी निवास


नेपाली अपडेट
बुधबार, पुस १६, २०७६
 

प्रधानमन्त्री केपीशर्मा ओली नयाँ घरमा बस्न थालेका छन्। मुख्य सचिवको लागि बनेको आवासमा प्रधानमन्त्री ओली बस्न थालेका हुन्।

बलुवाटारस्थित उनी बस्ने घर पुनःनिर्माणको लागि भत्काइँदैछ। प्रधानमन्त्रीले बालुवाटारमा निवासका रुपमा दुईटा घर प्रयोग गर्ने गरेका थिए।

२०३२ सालमा बनेको प्रधानमन्त्री निवास भूकम्पका कारण जीर्ण बनेको थियो। अब उनका लागि बालुटारमा दुई नयाँ घर बनाइने भएको छ।

नयाँ बन्ने घरमा एउटामा प्रधानमन्त्रीको निजी निवास र अर्कोमा सचिवालय हुनेछ।

३३ करोड ८० लाख लागतमा प्रधानमन्त्रीका लागि दुईटा घर बन्न लागेको हो। दुई वर्षमा घरको निर्माण सकिने भनिएको छ। त्यतिञ्जेल प्रधानमन्त्री ओली अहिले मुख्य सचिव निवासमा बस्ने छन्।

मुख्य सचिवका लागि बनाईको आवासमा राष्ट्रिय सभाा अध्यक्ष गणेश तिमिल्सिना बस्दै आएका थिए। अध्यक्ष तिमिल्सिना पूर्व सभामुख कृष्णबहादुर महरा जेल परेपछि खाली भएको निवासमा सरेेपछि उक्त घर खाली थियो।

प्रकाशित भएको : January 1st, 2020

सम्वन्धित समाचारहरु