• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


नेपाली सेनाद्वारा पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव


नेपाली अपडेट
बिहिबार, पुस १७, २०७६
 

१७ पौष २०७६ बिहिबार

नेपाली सेनाले निवृत्तिभरण(पेन्सन)को सेवा अवधि घटाउने प्रस्ताव गरेको छ । तल्लो तहका सैनिकको मागअनुसार सेनाले रक्षा मन्त्रालयमा यससम्बन्धि प्रस्ताव पठाएको छ ।

‘प्रधानसेनापति रोलकल’ कार्यक्रममा तल्लो तहका सैनिकको सबैभन्दा धेरै गुनासो निवृत्तिकरणको सेवाअधि १६ वर्ष बनाउन माग भएपछि सेनाले सोहीअनुसार ऐन संशोधनका लागि रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो । हाल पेन्सन लिएर निवृत्तिकरणका लागि २० वर्ष सेवाअवधि पुग्नुपर्ने प्रावधान छ ।

सरकारले सबै निकायमा सेवा अवधिको उमेर एकरुपता बढाइ २० बनाएको थियो । सेना तथा प्रहरीमा पेन्सनको अवधिलाई १६ बनाउन माग हुँदै आएको छ । मागअनुसार नै आफूले रक्षा मन्त्रालयमा त्यससम्बन्धि पत्राचार गरेको जानकारी प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलबार गराएका छन् । सुरक्षा निकायका पेन्सन अवधि पुगेलगत्तै जागिर छाडेर अन्य काममा लाग्ने प्रवृत्ति छ ।

निवृत्तिभरणको उमेर घटाउने प्रस्वतामा प्रधानसेनापति थापा सुरुमा सकारात्मक थिएनन् । तर, अत्याधिक गुनासो आएपछि उनले यसमा संशोधन प्रक्रिय अघि बढाएका हुन् । तर, जागिर छाडेर विदेश नजान उनले आग्रह गरेका छन् । यससम्बन्धिमा मंगलबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा उनले भने :–

‘विगत केही वर्षदेखि पदीक तथा अन्यदर्जाबाट सबै तहको रोलकल र अन्तरक्रियाका दौरान नियमित उठान हुने गरेको निवृत्तिभरण सेवा अवधि घटाउने प्रक्रिया निकै अघि बढेको छ, यस सम्बन्धमा जङ्गी अड्डाका तहबाट लेखापढी गरी स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पत्राचार गरिसकिएको छ । यसका लागि निरन्तर पहल गरिरहने पनि तपाईंहरुलाई यसै अवसरमा जानकारी गराउन चाहन्छु । यति हुँदाहुँदै पनि निवृत्तिभरण पूरा हुनासाथ राजिनामा दिएर रोजगारीका लागि विदेश जाने विकल्पका बारेमा धेरै पटक सोचेर मात्र निर्णय लिनु हुन म तपाईहरु सबैलाई आग्रह पनि गर्न चाहन्छु ।

एक पटक नेपाल सरकार र नेपाली सेनाबाट प्राप्त हुने तलब भत्तालगायत समग्र सेवा सुविधालाई वैदेशिक रोजगारीसँग जोडिएका दुःख कष्ट र आम्दानीलाई तुलना गरेर मात्र निर्णय लिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु । सैनिक सेवामा रहँदा नै तपाईं परिवारबाट लामो समय अलग्गिएर रहनु भएको छ । अझै परिवारबाट टाढा जानु हुन्छ ? हामी सबैलाई आर्थिक अभाव छ, अनि यो जति भए पनि अभाव नै रहने विषय हो जस्तो मलाई लाग्दछ, नेपालमै बसेर पनि गर्न सकिने धेरै अवसरहरु यहीं उपलब्ध छन् ।

सकल दर्जाको यही बाध्यता र वास्तविकतालाई मध्येनजर गर्दै तपाईहरुका बालबच्चाका लागि गुणस्तरीय शिक्षा, आश्रित परिवारका लागि गुणस्तरीय स्वास्थ्य सेवा तथा तपाईंहरु एवं तपाईंका परिवारजनलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न हामीले विविध कार्यक्रम अघि सारेका छौँ । यसबाट मनग्गे आर्जन गर्नेहरुको बारेमा पनि तपाईंहरुले सुन्नु भएकै छ ।

त्यसकारण, बरु कल्याणकारी कार्यलाई कसरी थप प्रभावकारी बनाउनु पर्दछ र विदेश जानुपर्ने बाध्यताबाट कसरी छुट्कारा पाउन सकिन्छ भन्नेलगायतका पक्षमा सोच्नु हुन र सुझाव प्रस्ताव गर्नुहुन म सबैमा अनुरोध गर्दछु स्वेदशमे रमाउनु, घरपरिवारको सामिप्यमा रहनुको मज्जा नै अर्कै हुन्छ ।’

प्रकाशित भएको : January 2nd, 2020

सम्वन्धित समाचारहरु