• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


सीमा नापजाँचका लागि गएको नेपाली टोलीलाई कालापानीमा भारतले रोक्यो


नेपाली अपडेट
बिहिबार, पुस १७, २०७६
 

 १७ पौष २०७६ बिहिवार

काठमाडौं । लामो समय देखि जारी सीमा विवादले नेपाल र भारतबीच सम्बन्ध खराब भएको छ । यो बीचमा सीमा नापजाँचका लागि गएको नेपाली टोलीलाई कालापानीमा भारतले रोकेको छ । भारतको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारततर्फ पारेपछि नेपालले सुरु देखि नै विरोध गर्दै आइरहेको छ ।

मसिंर २७ मा सरकारले नेपाल भारत अन्तर्राष्ट्रिय सीमा निरीक्षण समिति समेत बनायो । समितिलाई सीमा दुरुस्त रहे नरहेको, अतिक्रमण भएको नभएको, सीमा स्तभ हराए नहराएको यकीन गरेर तीन महिनाभित्र परराष्ट्र मन्त्रालयमा प्रतिवेदन बुझाउन भनिएको छ । भूमिसुधारमन्त्री पद्मा अर्यालकाअनुसार नापी विभागले सीमा निरीक्षण तथा नापजाँचको काम गरिरहेको छ ।

मन्त्री अर्यालले कालापानीमा भारतीय पक्षले अवरोध गरेको जानकारी दिनुभयो । आज राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा उहाँले यस्तो बताउनु भएको हो । अब कूटनीतिक समाधानमा जाने सरकारको तयारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित भएको : January 2nd, 2020

सम्वन्धित समाचारहरु