• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


सुराज तामाङले कोरियाबाट चिनी कारखानालाई यस्तो भने पछी हल्ली खल्ली भयो ।


नेपाली अपडेट
शुक्रबार, पुस १८, २०७६
 

लेखक – सुरज तामाङ

तराई मधेशमा बेला बेला थुप्रै आपत विपतहरु आई परेको हुन्छ। कहिले हावाहुरी, बर्षायाममा खोला बाढी, पुरै डुबान पर्छ, कहिले शितलहर यस्तै यस्तै समस्याहरुले घेरिएको छ मधेशमा। अझ धेरै अशिक्षा, गरिबी, विभिन्न प्रथाहरु दाईजो प्रथा देखि डायन भनेर महिलाहरुलाई गरेलु हिंसा यी थुप्रै virus हरुले तराई मधेशलाई कब्जा गरेको छ।

यहाँ हामीले बुझ्न नसकेको कुरा तपाई नेता भनौदो हरु आखिर के चाहिँ गर्नु हुन्छ? तराईमा जब पनि विपत्त आउछ त्यो बेला तपाई मधेशको मसिया भन्ने नेता हरु जानू चाहिँ कहाँ हुन्छ आखिर ?

एक जनप्रतिनिधी नेता भई सके पछि जनताको पीडालाई, समस्यालाई, गरिबीलाई न्यूनीकरण गर्न पर्दैन ? साना भन्दा सानो समस्या लाई हल गर्न पर्दैन? ठुला अधिकारको माग गरेर गरिब जनताको छोरा छोरीको रगत तताएर आखीर कहिले सम्म सहिद बनाउने नेता ज्यु ?

चिनी कारखानाले हजारौ किसानहरुलाई ठगीरहेको छ, किसान मारमा परेको छ, के किसानको मर्म बुझ्न पर्दैन ? यहाँ ठूलो प्रश्न चिन्न खडा भएको छ नेता ज्यु कतै उक्त किसान ठगी गर्ने कारखानाले चुनाव ताका खर्च दिएर तपाईहरुको मुखमा कतै बुझो त लाएन? आम जनताको प्रश्न: कतै NCELL कान्ड जस्तै त हैन ?

प्रकाशित भएको : January 3rd, 2020

सम्वन्धित समाचारहरु