• शनिबार, बैशाख १५, २०८१
  • | April 27, 2024


आजबाट तीन दिन भारी हिमपात र वर्षा हुने, सतर्कता अपनाउन अनुरोध


नेपाली अपडेट
शुक्रबार, पुस १८, २०७६
 

१८ पौष २०७६ शुक्रबार

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको हुँदा वर्षा र हिमपातको सम्भावना रहेको बताएको हो ।

हाल देशभर सामान्य बदली रहेको जनाएको छ । महाशाखाले मौसम बदलीसंगै वर्षा/हिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन सबैलाई अनुरोध छ ।

यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान

पौष १८ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पौष १९ गते (शनिबार)

दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पौष २० गते (आइतबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिक देखि सामान्य सामान्य बदली रहि उच्च पहाडी तथा हिमालि भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित भएको : January 3rd, 2020

सम्वन्धित समाचारहरु