• सोमवार, माघ ७, २०८१
  • | January 20, 2025


दाजु बहिनि बीच, यो कस्तो प्रेम बहिनीले बिवाह गर्न दवाव दिएपछि दाजुले गरे बहिनीको ह’त्या”


नेपाली अपडेट
शुक्रबार, पुस १८, २०७६
 

१८ पौष २०७६ शुक्रबार

ताप्लेजुङ : मंसिर १७ गते विहान ५ नबज्दै मन्दिरा अधिकारी उठिन्। घर कसिंगर गरिन्। आगो जोडिन्। चिया पकाइन्। अनि आमा कृष्णमायालाई बोलाउन ओछ्यानमै पुगिन्। सधैं ढिलो उठ्ने छोरी आफूभन्दा पहिले उठेर बोलाउँदा आमा दंग परिन्।

दिउँसो दिदी एलिसा, मन्दिरा र आमा तिनैजना मिलेर आगनकै खलोमा मास कु’टे। बुवा नन्दकुमार कामको सिलसिलामा सदरमुकाम फुङलिङ गएका थिए। भोलिपल्ट छिमेकीको पर्म तिर्न जानुपर्ने थियो।

बेलुका खाना खाने क्रममा आमाले मन्दिरालाईं भनेकी थिइन्, ‘दिदी र म बाँकी मास कु ट्छौं, तँ मेला जा है।’ खाना खाएर ‘हुन्छ’ भन्दै निस्किएकी आठराई त्रिवेणी गाउँपालिका–२ चोकपुरकी १९ वर्षिय मन्दिरा हालसम्म बे’पत्ता छिन्। यो खबर अन्नपूर्ण पोष्ट दैनिकमा ताप्लेजुङबाट सीताराम गुरागाईंले लेखेका छन्।

मन्दिरालाई बेपत्ता पारेको अभियोगमा दाजु नाताका रमेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुबिच प्रेम सम्बन्ध रहेको खुलेको छ। रमेशले बयानमा मन्दिराको ह’त्या गरेको स्विकारेको प्रहरीले जनाएको छ। ‘मन्दिरा र मेरो दुई वर्षदेखि प्रेम थियो। उसले बिहे गरौं भनेर दबाब दिइरहेको थियो।

हामी दुवै अधिकारी भएकाले बिहे गर्न मिल्दैनथ्यो। त्यसैले मा रिदिएँ’, रमेशको बयान उदृत गर्दै प्रहरीले भनेको छ। मन्दिराको श’व नभेटिएकाले प्रहरीले रमेशलाई व्यक्ति बे पत्ता पारेको अ’भि योगमा मुद्धा दायर गरी अनुसन्धान गरिरहेको छ।

काका चन्द्रका अनुसार मन्दिरा बे’पत्ता भएकै दिन दिदी एलिसाको फेसबुकमा झापाको हल्दीवारीस्थित नारायण पौडेलको छोरा दिपकसँग विवाह गरेको भनेर मन्दिराको फेसवुकबाट मेसेज आएको थियो। त्यसपछि परिवार छोरीले विवाह गरेको केटा र उसको पारिवारिक अवस्था वुझ्न झापा पुगेका थिए तर भेटेनन्।

यसरी भयो घटना

घटनामा संलग्न रमेशको मंसिर २५ गते विवाह तय भएको थियो। विवाहका सामान खरिद गर्न उनी मंसिर १७ गते फुङलिङ बजार गएका थिए। बजारबाट फर्कने क्रममा पीडितलाई सम्पर्क गरी पुलमा भेट्ने योजनाअनुसार भेट भएको थियो।

भेटका क्रममा विवाहबारे वि’वाद भएपछि ह’त्या गरि झोलुंगे पुलबाट नदीमा हालिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनापछि रमेशले आफू अ’पह’रणमा परेको र असुरक्षा भएको भन्दै आफ्नै परिवार तथा प्रहरीलाई झुटो जानकारी दिएका थिए।

मन्दिरा वे’पत्ता भएको र रमेशले आफू अ’पहर’णमा परेको दिन एकै भएपछि अनुसन्धान रमेशतर्फ मोडिएको प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुयाँलले बताए। रमेशको वयानपछि उनलाई लिएर घटनास्थल पुगेको प्रहरीले घटना भएको भनिएको मित्ला खेतमा मन्दिराले लगाएको आउटर, कपालमा लगाउने चि’म्टी, चप्पल र छोरा मान्छेले हातमा लगाउने पञ्जा र मन्दिराले कानमा लगाएको टप फेला पारेको छ।

हाङपाङका रमेश मन्दिराको घरमा बसेर गुप्तेश्वर माविमा अध्यापन गर्थे। ‘मेरा चार बहिनी छोरी हुन्। रमेशलाई छोरा सरह मानेर राखेको थिएँ, दसैंमा टिका र तिहारमा छोरीले भाइटिका लगाइदिन्थे’, मन्दिराका बुबा नन्दकुमारले भने, ‘आज यस्तो ब’ज्र’पात गरायो।’

छोरीले दाजु र आफुहरुले छोराको रुपमा स्विकारेको मान्छेले घटना घटाएको सुन्दा कृष्णमाया अ’र्ध मु’र्छि त भएकी छन्। अ’प’रा’धी’लाई हदैसम्मको कारवाही गरिदिन बुबा नन्दकुमारले प्रहरीसमक्ष आग्रह गरेका छन्।

प्रहरीले पत्रकार सम्मेलनमार्फत् अ’भियुक्त रमेशलाई आइतबार सार्वजनिक गरेको हो। गोताखोर टोली सशस्त्र प्रहरीमा मात्रै हुने र कुरिनटारबँट आउनुपर्ने भएकाले प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए।

गृह मन्त्रालयमा लिखित र मन्त्रालयका सचिवसँग टेलिफोन गरेर अनुरोध गरिएको निरौलाले बताए। प्रहरी र स्थानीयले तमोरमा मन्दिराको श’व खोजिरहेको मन्दिराका काका चन्द्रले जानकारी दिए।

प्रकाशित भएको : January 3rd, 2020

सम्वन्धित समाचारहरु