• मङ्लबार, बैशाख ४, २०८१
  • | April 16, 2024


त्रिभुवन विमानस्थलमा राखियो ‘भगवान बुद्धको भूमि’मा स्वागत छ लेखिएको एक टनको ‘बुद्ध मूर्ति’ !


नेपाली अपडेट
आइतवार, पुस २०, २०७६
 

१९ पुष २०७६, शनिबार

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक टनको बुद्धको मुर्ति निर्माण गरिएको छ। निर्माण भएको बुद्धको मूर्तिलाई शनिबार संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले अनावरण गरेका छन्। वुटिक विमानस्थलमा रूपान्तरण गर्ने काममध्ये आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापित गरेको हो। प्रतिमाको माथिल्लो भागमा ‘भगवान बुद्धको भूमि’मा स्वागत छ भनेर लेखिएको छ।नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर विमानस्थललाई बुटिक बनाउन अरु काम पनि भएका छन् ।

बगैँचाहरुको व्यवस्थापन गर्नेदेखि गैँडाका मुर्ति राख्नेसम्म काम भएका छन् । यस्तो प्रतिमाले भ्रमण वर्ष २०२० मा सघाउँ पुग्ने अपेक्षा गरेको मन्त्री भट्टराईले बताए। बुदको मुर्ति सहितको तस्बिर राख्दै उनले समाजिक संजालमा लेखेका छन त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थललाई बुटीक बिमानस्थलमा रुपान्तरण गर्ने काम मध्ये आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापित गर्ने काम आज सम्पन्न भएको छ । यो प्रतिमा करिब एक टनको रहेको छ ।

प्रकाशित भएको : January 5th, 2020

सम्वन्धित समाचारहरु