• मङ्लबार, बैशाख ११, २०८१
  • | April 23, 2024


काठमाडौंमा विरोध प्रदेश ३ को नाम ‘नेवा: ताम्सालिङ’ राख्न माग गर्दै


नेपाली अपडेट
सोमवार, पुस २१, २०७६
 

२१ पौष २०७६ सोमबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती राखेकाे भन्दै विरोध भएकाे छ । बागमती नामले प्रदेश ३ को पहिचानकाे नहुने भन्दै नेवार संघ संगठन, नेपाल आदिवासी जनजाति महासंघलगायतले काठमाडौंकाे माइतीघर मण्डलामा विराेध जनाएका हुन् ।

उनीहरुले सरकार पञ्चायतकालीन युगतर्फ जान लागिरहेकाे भन्दै प्रदेश ३ को ऐतिहासिक सांस्कृति पहिचानलाई समेटने गरी ‘नेवा: ताम्सालिङ’ राख्न माग राखेका छन् । उनीहरुले नेकपा सचिवालयले प्रदेश सरकारको अधिकार हनन गरेकाे भन्दै प्रदेशकाे नामाकरण आफूहरुलाई मान्य नहुने बताए ।

प्रकाशित भएको : January 6th, 2020

सम्वन्धित समाचारहरु