• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


धादिङकि बिमला तामाङले जितिन् अमेरिकामा स्वर्ण


नेपाली अपडेट
मङ्लबार, पुस २२, २०७६
 

२१ पुस मंगलवार

धादिङकाे नेत्रावती डब्जाेङ गाउँपालिका स्थित सेमजाेङकी बिमला तामाङले अमेरिकामा स्वर्ण पदक जितेकी छिन् ।

अमेरिका न्युयोर्कस्थित वेस्टचेस्टरमा भएको इजिआई इन्टरनेसनल ओपन च्याम्पियनसिप २०२० को एकल कातामा स्वर्ण पदक जितेकी हुन् ।

उनले फाइनलमा अमेरिकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएको हो ।

इन्चोन एसियाड २०१४ मा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी कराँतेकी बिमला तामाङले अमेरिकी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन् ।

बिमलाले केही महिना पहिला पनि अमेरिकामा भएको १५ औ ओकिनवान कराते कोबुदो स्वर्ण जितेकी थिईन् । धादिङका ध्रुवविक्रम मल्ल मुख्य प्रशिक्षक रहेकाे बालाजु कराँते डाे बाट प्रशिक्षित बिमला केही वर्ष देखि अमेरिका मै रहँदै आएकी छिन् ।

प्रकाशित भएको : January 7th, 2020

सम्वन्धित समाचारहरु