• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


अमेरिका–इरान तनावले झस्कियो नेपाल, परराष्ट्रले भन्यो–नेपालीहरु सुरक्षित रहनु


नेपाली अपडेट
बुधबार, पुस २३, २०७६
 

२३ पौष २०७६ बुधवार

काठमाडौं : अमेरिका र इरानबीच तनाव चुलिएपछि नेपालले खाडी र मध्यपूर्व क्षेत्रमा रहेका नेपालीहरुलाई सम्पर्कमा रहन आग्रह गरेको छ। खाडीमा तनाव बढ्दै गएपछि आइतबार परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीले यसबाट प्रवासमा रहेका नेपालीमा पर्नसक्ने असर र त्यसबाट सुरक्षित रहने उपायबारे छलफल गरेका छन्। यस क्षेत्रमा रोजगारीका शिलशिलामा लाखौं नेपालीहरु रहेका छन्। नेपालका सरकारी अधिकारीहरुले सम्बन्धित देशका दूतावासलाई विकसित परिस्थितिबारे बुझ्न र खाडी क्षेत्रमा कार्यरत नेपालीहरुलाइृ दूतावासको सम्पर्कमा रहन आग्रह गरेको छ। हवाई हमला र दुतावास आक्रमणपछि मध्यपूर्वमा यु*द्ध–सन्त्रास परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा रहेका नेपाली दूतावासहरु र दूतावास नभएका देश हेर्ने निकायलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्कमा रहन भनेको छ। खाडीमा कार्यरत नेपालीहरुलाई सुरक्षित राख्न सरकारले गम्भीरता देखाएको हो। इरान अमेरिका तनावको कोपभाजनमा फसेको द्वन्द्वग्रस्त इराकमा पनि करिब १५ हजार नेपालीहरु रहेको अनुमान छ। यद्यपीः सरकारसँग त्यहाँ रहेका नेपालीहरुको एकीन तथ्यांक छैन। इरानमा पनि हजारौं नेपालीहरु रहेको हुनसक्ने अनुमान छ। अमेरिकाविरु*द्ध यु*द्धका लागि इरान तयार, मस्जिदमा गाड्यो रातो झण्डा मध्यपूर्वका देशहरुमध्ये साउदी अरेवियामा करिब चार लाख, कतारमा तीन लाख ५० हजार, युएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, बहराइनमा २५ हजार, ओमानमा २० हजार, लेबनान र जोर्डनमा क्रमश: १२/१२ हजार तथा इजरायलमा तीन हजार नेपाली रहेका छन्। यी देशमा रहेका नेपालीले बर्षेनी तीन खर्ब रुपैयाँभन्दा बढी विप्रेषण पठाइरहेका छन्। अमेरिकाले इरान समर्थित लडाकुहरुमाथि हवाई हमला गरेपछि गतसाता बग्दादस्थित अमेरिकी दुतावासमा आक्रमण भएको थियो। अमेरिकाले गरेको हवाई हमला, त्यसको जवाफमा इरानी लडाकुले बग्दादस्थित अमेरिकी दुतावासमा गरेको आक्रमण तथा पुनः त्यसको जवाफमा अमेरिकाले इरानी सर्वोच्च सैनिक जनरल सुलेमानीलाई मारिदिएपछि मध्यपूर्वमा युद्ध सन्त्रास निम्तिएको छ। यदी यो क्षेत्र युद्धतर्फ उन्मुख भए मध्यपूर्वका देशमा कार्यरत नेपालीहरुलाई समस्या पर्नेछ।

प्रकाशित भएको : January 8th, 2020

सम्वन्धित समाचारहरु