• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


८० अमेरिकी सैनिक मारिएको इरानको दाबी मि*साइल आ*क्रमणमा


नेपाली अपडेट
बुधबार, पुस २३, २०७६
 

२३ पौष २०७६ बुधवार

तेहरान– इरानले इराकस्थित अमेरिकी सेनाको आधार शिविरमा गरिएको आक्रमणमा ८० अमेरिकी सैनिकको मृत्यु भएको दाबी गरेको छ ।

इरानी स्टेट टेलिभिजनले इराकस्थित अमेरिकी सेनाका २ वटा आधार शिविरमा गरिएको आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको दाबी गरेको हो ।

यद्यपि अमेरिकाले भने उक्त आक्रमणमा भएको क्षतिबारे कुनै विवरण सार्वजनिक गरेको छैन ।

अमेरिकाको एयर स्ट्राइक (हवाई हमला)मा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले मंगलबार राति इराकस्थित अमेरिकी सेनाका २ वटा हवाई अड्डामा मिसाइल (क्षेप्यास्त्र) आक्रमण गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै इरानले गरेको आक्रमणको समीक्षा गरिरहेका बताएका छन् ।

इरानले मिसाइल आक्रमण गरेको खबर बाहिरिएपछि ट्रम्पले माइक्रो ब्लगिङ साईट ट्वीटरमा एक सन्देश लेख्दै भनेका छन्– ‘अहिले सबै ठीकठाक छ ! इरानबाट इराकस्थित दुई सैनिक आधार शिविरमा मिसाइल आक्रमण भएको छ । क्षतिको विषयमा अहिले समीक्षा भइरहेको छ । हामीसँग सबैभन्दा शक्तिशाली र सुसज्जित सेना छ । भोलि (बुधबार) विहान म यस विषयमा एक स्टेटमेन्ट जारी गर्ने छु ।’

 

प्रकाशित भएको : January 8th, 2020

सम्वन्धित समाचारहरु