• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


पहिलो पटक कम भाडासहित विराटनगर–काकडभिट्टा र विराटनगर–धरान विद्युतीय बस सञ्चालन हुने


नेपाली अपडेट
बिहिबार, साउन २३, २०७६
 

नेपालमै पहिलो पटक काठमाडौँमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रा.लि.ले प्रदेश नम्बर १ मा पनि विद्युतीय बस सञ्चालन गर्ने प्रस्ताव गरेको छ । प्रदेश १ सरकारको समन्वयमा बस सञ्चालन गर्न सो प्रालिले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको आग्रहसमेत गरेको छ । ती ३ जिल्लामा ६ ओटा चार्जिङ सेन्टरको लागि जग्गा उपलब्ध गराएमा ५ महिनाभित्रमा विद्युतीय बस सञ्चालन गर्न सकिने बताइएको छ।

एसीको सुविधासहितको बस सञ्चालन हुँदा अहिले तोकिएको भन्दा ३० प्रतिशत कम भाडामा सवारी चलाइने थापाको भनाइ छ । ४० सिट क्षमता भएको बस अपाङ्गमैत्रीसमेत हुने बताइएको छ । विराटनगर, काकडभिट्टा, इटहरी, धरान, दमकलगायतका क्षेत्रमा ७ कठ्ठादेखि ९ कठ्ठासम्म जग्गा उपलब्ध भएमा तीन महिनाभित्र चार्जिङ स्टेशन बनाई यातायात सञ्चालन गर्न सकिने सुन्दर यातायात प्रा.लि. विद्युतीय सवारी साधनका अध्यक्ष भेषबहादुर थापाले बताएका छन् । उनका अनुसार पहिलो चरणमा विराटनगर–काकडभिट्टा र विराटनगर–धरान बस सञ्चालन हुने बताइएको छ । एउटा चार्जिङ स्टेशन निर्माण गर्न रु. ७० लाखसम्म खर्च हुने उनले बताए । सञ्चालन हुने बसको मूल्य रु.१ करोड ६२ लाख पर्छ ।

यो पनि पढ्नुस – सरकारले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने गरी ज्येष्ठ नागरिकसम्बन्धी विधेयक संशोधन गरी कानून ल्याउने तयारी गरेको छ । सङ्घीय संसद् सचिवालयले छलफलका लागि ल्याएको उक्त विधेयकको नाम ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक, २०७५’ रहेको छ । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने संवैधानिक व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार कानून बनाउन सरकारले सो विधेयक ल्याएको हो ।

ती नै ज्येष्ठ नागरिक समाजमा बिस्तारै अपहेलित हुँदै जान्छन् र वृद्धाश्रममा बसेर जीवनयापन गर्नुपर्ने बाध्यता आइपर्छ । ज्येष्ठ नागरिकका लागि सर्वाधिक चासोको विषय रहेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक २०७५ मा के छ त ? हाल महिला तथा सामाजिक समितिमा छलफलमा रहेको उक्त विधेयकको दफा ४ पछि उपदफा ४ (क) मा असहाय ज्येष्ठ नागरिकलाई तोकिएबमोजिम विशेष संरक्षण तथा सामाजिक सुरक्षाको व्यवस्था मिलाइनेछ भन्ने वाक्यांश थप गरिएको छ ।त्यस्तै दफा ५ को उपदफा ८ पछि उपदफा ९ र १० थपिएका छन् ।

प्रकाशित भएको : August 8th, 2019

सम्वन्धित समाचारहरु