• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


इरानी सेनाले हा’नेर विमान दु*र्घटनामा ६३ क्यानेडालीको नि*धन भएपछि क्यानेडाका प्रधानमन्त्रीले लिए इरानसंग यस्तो एक्सन !


नेपाली अपडेट
शुक्रबार, पुस २५, २०७६
 

२५ पौष २०७६ शुक्रवार

काठमाडौं- तेहरानमा दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने आशंका गरिएको छ । अमेरिका, क्यानडा र ब्रिटेनले बुधवार तेहराननजिकै दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने विभिन्न गुप्तचरी स्रोतहरूबाट सङ्केत मिलेको बताएक‍ो बीबीसीले उल्लेख गरेको छ । उनीहरूले भुलवश इरानले त्यो विमानमा क्षे’प्या’स्त्र प्र’हार गरेको हुन सक्ने बताएका

हुन्।क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि विभिन्न गुप्तचरी सूचनाहरूका अनुसार जमिनबाट आकाशमा आ’क्र’मण गर्न सकिने क्षे’प्या’स्त्रबाट विमानमा प्र’हार भएका सङ्केतहरू पाइएको बताएका छन् ।इरानमा गत बुधवार बिहान १७६ जना सवार युक्रेनको बोइङ-७३७

विमान दुर्घटनामा पर्दा त्यसमा सवार सबै जनाको ज्या’न गएको थियो।इरानी सरकारका एक प्रवक्ताले चाहिँ सो आरोपप्रति आ’क्रोशपूर्ण प्रतिक्रिया दिएका छन्। उनले विमानमा यात्रा गरिरहेका यात्रुहरूका देशलाई दुर्घटनाको कारण पत्ता लगाउने अनुसन्धान गर्न आफ्ना प्रतिनिधि इरान पठाउन आग्रह पनि गरे। विमान निर्माता कम्पनी बोइङलाई

पनि त्यसै गर्न उनले आह्वान गरे।अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार विमान दुर्घटनाको समय हेर्दा इरानले अमेरिकासँग ब’दला लिन तयारी गरिरहेका बेला भुलवश त्यसलाई अमेरिकी लडाकु विमान ठानेको हुन सक्छ।सीबीएस न्यूजले अमेरिकी गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै जनाए अनुसार प्रहार

गरिएका दुईवटा क्षेप्यास्त्रमा एउटा भू-उपग्रहले इन्फ्रारेडसम्बन्धी कमजोरी पत्ता लगाएको थियो।अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र वरिष्ठ अमेरिकी गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै न्यूजवीकले युक्रेनी विमानलाई रुसमा निर्मित टोर क्षे’प्या’स्त्रबाट मा’र हा’निएको हुन सक्ने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार उक्त विमानमा के भयो भन्नेबारे आफूमा सन्देह रहेको बताएका थिए।

विमान दुर्घटनामा ६३ क्यानेडालीको निधन

इरानमा बुधबार भएको विमान दुर्घटनामा परी निधन भएका मध्ये ८२ जना इरानका र ६३ जना क्यानडाका नागरिक रहेका पाइएको छ । इरानको राजधानी तेहरानबाट बुधबार बिहान उडेको युक्रेनको विमानमा परी उनीहरुको निधन भएको युक्रेनका एक मन्त्रीले जनाएका छन् ।

विमानमा अरु ११ जना युक्रेनका नागरिक, १० जना स्विडेनका नागरिक, चार जना अफगानिस्तानका नागरिक, तीन जना जर्मनका नागरिक र तीन जना बेलायतका नागरिक रहेका युक्रेनका विदेशमन्त्री भाड्याम प्रयस्तैकोले ट्विटरमा लेख्नु भएको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोडीमीर जेलेन्क्सीले दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले मृ तकका आफन्तप्रति सहानुभूति व्यक्त गर्दै समवेदना पनि व्यक्त गर्नुभएको छ ।

युक्रेनको बोइङ–७३७ विमान बुधबार तेहरानको इमाम खामेनी विमानस्थलबाट उडेको केही बेरमा दुर्घटना भएको थियो । विमानमा कम्तीमा १६७ जना यात्रु र अरु नौ जना चालक दलका सदस्य गरी कुल १७६ जना रहेका र उनीहरु सबैको निधन भएको पुष्टि भइसकेको अधिकारीले

जनाएका छन् ।विमानस्थलका प्रवक्ता अलि कसानीले विमानमा रहेका सबैको निधन भएको पुिष्ट गर्नुभएको हो । उहाँले प्राविधिक गडबडीका कारण विमान दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको पनि बताउनुभयो ।

प्रकाशित भएको : January 10th, 2020

सम्वन्धित समाचारहरु