• शनिबार, बैशाख १५, २०८१
  • | April 27, 2024


नेपालको राम्रो छिमेकी बन्यो चीन ! अमेरिका, भारत र बेलायत भन्दा ..


नेपाली अपडेट
शनिबार, पुस २६, २०७६
 

काठमाडौं नेपालमा पछिल्ला पाँच वर्षमा सबैभन्दा बढी सैन्य सहयोग उत्तरी छिमेक चीनबाट भित्रिएको समाचार छ । नेपाली सेनालाई सहयोग गर्ने अन्य मुख्य मुलुक अमेरिका र भारतभन्दा चीनको सहयोग बढेको सैनिक मुख्यालय जङ्गीअड्डा स्रोतबाट प्राप्त तथ्याङ्कमा देखिएको छ । यो अवधिमा चीनबाट करिब १२ अर्बको सहयोग आउँदा अमेरिकाबाट करिब ५ अर्ब हराहारी सहयोग भित्रिएको छ । कान्तिपुर दैनिकमा यो खबर छ ।

नेपालले सैन्य सहयोगका रुपमा विभिन्न मुलुकबाट हवाई जहाज, सञ्चारका साधन, ब म नि ष्क्रिय गर्ने साधन, हेभी र लाइट सवारीसाधन, ढुङ्गा, ह’तियार, वि’स्फो’ट’क प’दार्थ, संयुक्त राष्ट्रसंघ अन्तरगत शान्ति स्थापनार्थ चाहिने आर्मोरेट पर्सनल क्यारियर (एपीसी) लगायतका सामान लिन्छ ।

चीन, भारत र अमेरिकाले नेपालमा चासो बढाइरहँदा युरोपेली मुलुक विशेषगरी बेलायतले भने नेपाली सेनालाई पछिल्लो समय सहयोग गरेको देखिँदैन । नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५० लाई आधार मानेर १९६५ मा भएको रक्षा सम्झौताअनुसार नेपालले भारतबाहेक अन्य मुलुकबाट ह’तिया’र वा सैन्य सामग्री ल्याउँदा ऊसँग स्वीकृत लिनुपथ्र्यो । अहिले भारतले नेपाललाई सैन्य सामग्री दिँदा कुल मूल्यको ६० प्रतिशत मात्र अनुदान दिन्छ ।

बाँकी ४० प्रतिशत नेपालले व्यहोर्नुपर्छ । नेपालले भारतबाट पछिल्ला पाँच वर्षमा सेनालाई नाइटभिजन, हतियार, बारुद र गाडी ल्याएको छ । यसको मूल्य खुलाइएको छैन ।

प्रकाशित भएको : January 11th, 2020

सम्वन्धित समाचारहरु