
Astha Raut

काठमाडौं। त्रिभुवन विमानस्थलमा आफूमाथि चेकजाँचका क्रममा प्रहरीले दु’र्व्यवहार गरेको आ’रोप लगाउँदै गा’ली गर्दै भिडियो सार्वजनिक गरेपछि गायिका आस्था राउत वि’वादमा तानिएकी छन् ।
राउतले आफूलाई महिला प्रहरीले दु’र्व्यवहार गरेको आ’रोप लगाउँदै फेसबुकमा भिडियो पोष्ट गरेकी थिइन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले दु’र्व्यवहार गरेको आस्थाको आ’रोप छ ।
भिडियोमा उनले प्रहरीले आफूलाई चेकजाँचका क्रममा ‘तँ’ भनेको आ’रोप गाउँदै प्रहरीलाई ‘ड’न्ठे’, ‘ब’न्दुके’, ‘पुलिस कि फुलिस’ जस्ता शब्द प्रयोग गरेकी छन् ।
राउतले प्रहरीप्रति आ०’क्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भएको छ । भद्रपुरमा ओर्लिएपछि राउतले जिपमा गुड्दै गर्दा भिडियो लाइभ गरेको भिडियोमा देख्न सकिन्छ । उनले भिडियोमा प्रहरी हाम्रो साथी भन्ने स्लोगन हटाउन पनि भनेकी छन् ।
प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भिडियाबारे अ’नुसन्धान सुरु भएको बताए । उनले भने,‘‘अरुलाई अनुशासन सिकाउने गायिकाको आफ्नै शब्द आ’पत्ति’जनक छन् । केहीदिनभित्रै घ’टनाबारे प्रतिवेदन आएपछि के गर्ने भन्नेबारे सोच्नेछौं ।’’
यता महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले घ’टनाबारे जानकारी लिने काम सुरु गरिसकेको बताए ।
डीआईजी पोखरेलले भने,‘‘प्रहरीले चेकजाँचका क्रममा व्यक्ति र अनुहार हेर्दैन । कस्को प्लेन छुट्छ, त्यो हाम्रो चासो होइन । सुरक्षा चासोमा हामी ग’म्भी’र हुन्छौँ । प्रहरीले क’मजोरी गरेको भए उ’जुरी गर्ने, का’नुनी उपचार किन नखोजेको ? मनलाग्दी बोल्न कसैले पाइँदैन ।’’

सामाजिक सञ्जालमा आस्थाको आ’लोचना भएपछि उनले फेसबुक मार्फत माफी मागेकी छन् ।
प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।
प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।
प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।
प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।
प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।
प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।
यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।