• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


कोटेश्वर क्यामपसमा अबको स्ववियु सभापती को?


नेपाली अपडेट
शुक्रबार, माघ ३, २०७६
 

३ माघ २०७६ काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियू निर्वाचनको मिती तोकेको छ । स्ववियू निर्वाचनलाई लिएर यतिबेला विद्यार्थी नेताहरु चुनावी तयारीमा छन । खासगरी भविष्यमा नेता जन्माउने क्याम्पसहरुमा आगामी स्ववियू सभापति को ? भन्ने जिज्ञासा सबैतिर छ । बिद्यार्थीका हक अधिकार र शैक्षिक आन्दोलनलाई सकारात्मक दिशा दिन सक्ने नेतृत्व अवको स्ववियू निर्वाचनले जन्माउन सक्छ की सक्दैन भन्ने प्रश्न पनि एकातिर उब्जिएको छ । खासगरी अबको स्ववियु निर्वाचन अलि रोचक पनि बन्नेछ । दुई ठुला कम्युनिष्ट घटक तत्कालिन माओवादी केन्द्र र एमाले एक ठाँउमा उभिएपछि यी दुई पार्टीको बिद्यार्थी संगठन एक भईसकेका छन । यसकारण पनि आगामी निर्वाचनको दृष्य फरक देखिन्छ ।
मुलुकमा प्रभावशाली नेतृत्व जन्माउने रत्नराज्य क्याम्पस , पृथ्वीनारायण क्याम्पस ,कोटेश्वर क्याम्पस, ल क्याम्पस, र पशुपति क्याम्पसमा आगामी सभापति को भन्ने चर्चा सुरु भएको छ । अझ त्यसमा पनि नेकपा निकट उम्मेद्धार को आउछ भन्ने प्रश्न सवैतिर छ । किनकी दुईपार्टी एक भएपछि नेकपा निकट विद्यार्थी संगठनले नै अवको धेरै क्याम्पसमा नेतृत्व कब्जा गर्छ भन्ने सबैको आँकलन रहेको छ ।

यद्यपी मातृपार्टीमा नै भागबण्डमा चलेको नेकपामा कुन क्याम्पसमा कसले नेतृत्व गर्ने भन्ने विषय पनि भागबण्डा मै टुङग्याईने निश्चित रहेको स्रोत बताउछ । यसो हुँदा पुर्व एमालेनिकट अनेरास्ववियु र पुर्व माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले प्रतिशतको आधारमा सभापतिको उम्मेद्धार तयार गर्ने बुझिएको छ ।

कोटेश्वर क्याम्पस पनि विद्यार्थी राजनितिको उर्वर शैक्षिक संस्था हो । आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको चहलपहल यहाँ पनि सुरु भएको छ । खासगरी सुरुदेखी नै यस क्याम्पसमा अनेरास्ववियु र नेपाल बिद्यार्थी संगठनको कडा प्रतिस्पर्धा हुने गर्छ । कोटेश्वरमा यसपाली नेकपा निकट विद्यार्थी संगठन अखिलबाट स्ववियु सभापतिको बलियो दावेदार हुन विक्रम पोखरेल । उनि पनि उमेरले २६ टेके । क्याम्पसमा उनि नै अहिले सबैभन्दा चहलपहल गर्ने बिद्यार्थी नेताको रुपमा रहेका छन ।

विद्यार्थीको समस्याका बारेमा उनि अवगत छन । नियमित क्याम्पस आउने उनि हाल क्याम्पसमा स्नातक दोस्रो बर्षमा अध्ययनरत छन । पुर्वएमाले निकट अनेरास्ववियुमा उनि क्याम्पस सचिव थिए । पोखरेल स्ववियुका समेत सचिव हुन । अबको नेतृत्वमा पुग्ने बलियो दावेदारको रुपमा क्याम्पसका बिद्यार्थीहरु पनि पोखरेलको नाम लिन्छन । उनकै नेतृत्वमा क्याम्पसमा पठनपाठनको प्रशासनिक सुधार, ई–लाईब्रेरी,आईडीकार्ड गुणस्तर सुधार, अतिरिक्त क्रियाकलापमा बिद्यार्थीलाई सक्रिय बनाउने अभियानमा उनले नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । अखिल क्रान्तीकारीबाट अहिलेसम्म त्यस्तो बलियो दावेदार नभएकोले पनि उनलाई कोटेश्वरमा सभापतिको बलियो दावेदारको रुपमा हेरिन्छ ।

 

प्रकाशित भएको : January 17th, 2020

सम्वन्धित समाचारहरु