• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


गाउँ घरमा मनाउनुपर्छ ल्होछार टुडिखेल होइन : तामाङ समाज नेपाल


नेपाली अपडेट
सोमवार, माघ ६, २०७६
 

“तामाङ जातिको परिवर्तन,शैक्षिक तथा आर्थिक सुदृढीकरण “ भन्ने मुल नाराको साथ राष्ट्रिय पर्व मन्जुश्री संवत् २८५६ सोनाम ल्होछार (जीवा ल्हो) पावन अवसरमा प्रवचन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

तामाङ समाज नेपालका अध्यक्ष रोशन दोङ तामाङको सभापतित्व, तामाङ समाज कतारका पुर्ब अध्यक्ष थर्चा लामाको प्रमुख आथित्य तेसैगरि विशेष अतिथि हरुमा समाजवादी पार्टिका केन्द्रीय अध्यक्ष सोनाम स्याङ्बो,नेपाल प्रवासी तामाङ समाज कतारका महासचिव अशोक सिङ्दन, सगु प्रोडक्सनका संचालक गणेश अधिकार,नेपाल प्रवासी तामाङ समाज कतारका मानर्थ सदस्य तथा पुर्ब प्रमुख सल्लाहकार कुमार मोक्तान तामाङ,तामाङ सालिन टिभीका पत्रकार रजनी तामाङ,तामाङ चलचित्र निर्माता लगायत बाक्लो उपस्थिति रहेको थियो ।

मन्तव्यको क्रममा समाजवादी पार्टिका केन्द्रीय अध्यक्ष सोनाम स्याङ्भोले शुभकामना मात्र दिएर मानिसको इच्छा पूरा हुन नसक्ने मानिसको आधारभूत आवश्यकता पूरा गरिएमा मात्र समृद्धि हुने बताए । पत्रकार रजनी तामाङले पत्रकारिता स्वतन्त्रता हुनुपर्छ आउदा दिनमा तामाङ समुदायको हक अधिकारकालाई सरकार सँग संघर्ष गर्नुपर्ने बताइन् ।

नेपाल प्रवासी तामाङ समाज कतारको मानर्थ सदस्य गणेश अधिकारीले ल्होछारको शुभकामना दिदै तामाङ जातिमा सास्कृतिक एकता हुनुपर्ने र आफ्नो अधिकारको लागि राजनितीमा लाग्नु पर्ने बताए ।कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले हाम्रो समाज विसंगती तिर लागि रहेको छ ।

२१ औँ शताव्दिका संघारमा आफु पुग्दा सम्म कु सस्कारको दलदलमा फसि रहेका छौं । त्यसैले अब हरेक कुरामा क्रान्ति अपरिहार्य भइ सकेकोछ । चाहे सामाजिक क्रान्ति होस चाहे बैज्ञानिक राजनितिक क्रान्ति होस् वा साँस्कृतिक र साहित्यिक क्रान्ति होस् अबका दिनमा युगलाई संसारको विकसित मुलुकको हाराहारीमा उभ्याउन नयाँ क्रान्ति आजको माग हो ।

त्यसैले अब हामी आम नेपाली तामाङ मनहरुले बचनले होइन कर्मले नयाँ यूगको रुपान्तरणको लागि आ-आफ्नो क्षेत्रबाट नयाँ सोच बोकेर अगाडि बढ्नु पर्छ ।

समग्रमा तामाङ समुदायको बिकासमा सबैले आ-आफ्नो क्षेत्रबाट कदम उठाउनु पर्ने तामाङ हरुमा एकता हुनुपर्ने विभिन्न बक्ताहरुको जोड रहेको थियो ।

अन्त्यमा सभापति रोशन दोङ तामाङले उपस्थित सम्पुर्णलाई धन्यबाद व्यक्त गर्दै कार्यक्रम सफलताको लागि अनबरत सहयोग पुर्याउनु हुने सम्पुर्णमा आभार ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।

तामाङ समाज नेपाल र नेपाल प्रवासी तामाङ समाज कतारको संयुक्त रुपमा कार्यक्रम आयोजना भएको थियो ।

प्रकाशित भएको : January 20th, 2020

सम्वन्धित समाचारहरु