• बुधबार, अशोज ७, २०८३
  • | September 23, 2026


बाकाचोल स्वास्थ्य केन्द्रलाई Helping Friends Nepal द्वारा स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण


नेपाली अपडेट
मङ्लबार, अशोज ६, २०८३
 

 

खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ स्थित बाकाचोल स्वास्थ्य केन्द्रलाई Helping Friends Nepal ले विभिन्न स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरेको छ।

करिब २ लाख ७५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएका सामग्रीहरूमा बर्थिङ सेन्टरका लागि Examination Bed, ECG Machine, Semi-Folding Bed, Refrigerator, Baby Warmer, Oxygen Cylinder set,  EPI Set, Autoclave लगायतका आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री रहेका छन्।

उक्त सामग्रीहरू ऐँसेलुखर्क गाउँपालिका–२ का वडा अध्यक्ष नन्दकुमार तामाङको रोहवरमा स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको हो।

Helping Friends Nepal का सचिव तुलसीराम पुरीका अनुसार ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्य केन्द्रको सेवा थप प्रभावकारी बनाउन तथा विशेषगरी बर्थिङ सेन्टरमा आउने गर्भवती तथा सुत्केरी महिलालाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको हो।

पुरीले स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने थप उपकरण तथा सामग्रीको व्यवस्थापनका लागि आगामी दिनमा पनि सम्बन्धित निकाय तथा सहयोगी संस्थाहरूसँग समन्वय गर्ने बताए।

प्रकाशित भएको : September 22nd, 2026

सम्वन्धित समाचारहरु