• मङ्लबार, चैत्र ६, २०८०
  • | March 19, 2024


काठमाडौंमा आजदेखि जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै, यी हुन् खोप लगाउन पाउने समूह


नेपाली अपडेट
सोमवार, साउन ४, २०७८
 

काठमाडौं- अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं जिल्लामा आजदेखि लगाइँदै छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा गत मंगलबार बसेको कोभिड-१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार आजबाट काठमाडौंमा खोप लगाउन लागिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका खोप केन्द्रको निरीक्षण गर्ने कार्यतालिका समेत रहेको छ।

अमेरिकाबाट गत सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो।

खोप कसले लगाउन पाउने?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने जनाएको छ।

यस्तै, मन्त्रालयले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्ग‍ता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ।

यी हुन् काठमाडौं‌का खोप केन्द्र

प्रकाशित भएको : July 19th, 2021

सम्वन्धित समाचारहरु