-तुलसीराम पुरी
सावन वा श्रावण महिना नेपाली पात्रो अनुसार असार पछि आउने बर्षको चौथो महिना हो। कृषि प्रधान देश नेपालमा यो महिनाको अझ बिशेष महत्व रहेको छ। असार महिना भर खेतीपातीको चटारोमा रहेका किशानहरु यो महिनालाई बिश्राम,धर्मकर्म र उर्जा संचयको महिनाको रुपमा लिने गर्दछन । यसै गरि श्रावन महिना भगवान शिव को भक्तहरु को लागी विशेष महिना हो भने सोमवार विशेष गरी महत्वपूर्ण छ। धार्मिक विश्वास अनुसार श्रावण महिनामा सम्पूर्ण ब्रह्माण्ड शिव तत्व (शिव तत्वहरु) को साथ उर्जा प्राप्त गरीन्छ जुन दिमाग, इन्द्रिय, शरीर र आत्मा लाई शुद्ध गर्दछ।
किम्बदन्ती अनुसार देवराज इन्द्र ऐरावत हात्तीमा चढी दुर्वाषा ऋषिको छेउमा आइपुगे । दुर्बषाले उनलाई भगवान शिवले दिएको विशेष माला अर्पित गरे । घमण्डी देवराज इन्द्रले त्यो माला ऐरावतको सुढमा राखी दिए र ऐरावतले त्यो माला भुइँमा फ्याकिदियो । यस घटनाले दुर्बासा ऋषिको रिसको पारो तात्यो र उनले इन्द्र र सम्पूर्ण देवहरुलाई आफ्नो सम्पूर्ण सामर्थ्य, शक्ति र सौभाग्य गुमाउने श्राप दिए ।
त्यो घटना पछि दुर्बासा ऋषिको श्रापको प्रभावले देव र दानव वीच युद्ध भयो । राजा बलि नेतृत्वको असुर (दानव ) शक्तिले देव फौजलाई पराजित गर्यो र सम्पूर्ण ब्रह्माण्डमा कब्जा जमायो । देवराज इन्द्रको राज्य गुम्यो। देवगणहरु सहयोगको याचना गर्दै भगवान विष्णुकहाँ गए । भगवान विष्णुले दानवहरूसँग कुटनीतिक ढङ्गले जानुपर्ने सुझाव दिए । विष्णुले देवता र दानव मिलेर समुन्द्र मन्थन गर्ने र प्राप्त गर्ने अमृत मिलेर भोग गर्ने भनेर दानवहरु संग कुटनैतिक चाल खेले । तथापी विष्णुले अमृत देवहरूलाई मात्र प्रदान गर्ने कुरा देवताहरुलाई बताई सकेका थिए ।
समुन्द्र मन्थनको लागि मन्दरा पर्वतको मदानी र बासुकी नागको नेती बनाइएको थियो । दानवहरूले बासुकी नागको टाउको पट्टिको भाग समाउन माग गरे , देवताहरु पनि टाउको पट्टिको भागनै लिन चाहन्थे तर भगवान विष्णुको सुझाबले देवहरु पुच्छर तिरको भाग समाउन राजी भए । टाउको पट्टिको भाग समाएका दैत्यहरु बासुकीबाट उत्सर्जन भएको बिषालु वाष्पबाट संक्रमित भए । जब मन्दरा पर्वतलाई समुन्द्रमा राखियो , पर्वत डुब्न लाग्यो । भगवान विष्णु कूर्म अवतार धारण गरे र मन्दरा पर्वतलाई आफ्नो पिठ्युमा राखे । यसरि देवता र दनावहरुले समुन्द्र मन्थन गरेको महिना श्रावन थियो भन्ने विश्वास गरिन्छ ।
समुन्द्र मन्थनबाट धेरै चिजहरु बाहिर निस्किए । अमृत पाउने इच्छाले देवता र दानवहरु मिलेर समुन्द्र मन्थन गर्दा सबैभन्दा पहिला सर्वाधिक बिषालु कालकूट बिष निस्कियो। बिषालु कालकूट बिषले समुन्द्र मन्थनमा लागेका देव-दानवहरु लाई जलाउन लाग्यो र त्यतिमात्रै होइन ब्रम्हाद्धारा सृष्टि भएको सारा संसार नै ध्वस्त पार्ने खतरा बढ्यो। कालकूट बिष- फैलदै गएपछि देव- दानव आत्तिन थाले र उनीहरूले यसको समाधान गर्न सकेनन। अरु केहि उपाय नदेखेपछि देव-दानवले शिव भगवानको आरधना गर्न थाले ,नारदमुनी कैलाशमा गएर कालकूट बिषको असरबारे भगवान शिवलाई विन्ती गर्दै कालकूट बिषको असरले सारा सृष्टि समाप्त पार्न लागेकोले केहि गर्न विन्ती गरे। माता पार्वतीले पनि आफ्ना पति शिवलाई यस विपत्तीबाट छुटकारा दिलाएर सृष्टिको रक्षा गर्न अनुरोध गरिन। पार्वती र नारदमुनी लगायत सम्पूर्ण देव र दानवहरु लगायत भक्तहरूको पुकार सुनेर शिव भगवानले जगत कल्याणको लागि कालकुटि बिष आफैले पिएर सारा जगतलाई बचाए। कालकूट बिष पिएपछि भगवान शिवको कण्ठ निलो हुन गयो। त्यसै बेला देखी शिवलाई ‘निलकण्ठ’ भनिन थालियो।
यसरी समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट बिष भगवान शिवले आफ्नो कण्ठमा लिएर सम्पूर्ण सृष्टिको रक्षा गरि अशैह्य पिडा सहन नसकी बेहोस शिवलाई देवताहरुले गंगाजलले स्नान गराएता पनि बिषको प्रभाव कम नभएकोले हिमालय पर्वत आइ हिमालय पर्वतको चिसो पानीमा शैन गरि आफ्नो पीडालाई कम गरेको प्रतीकको रुपमा श्रावन महिना भरि भक्तजनहरुले शिबको मन्दिरहरु तथा शिवलिंग लाई जल अर्पण गर्नु पवित्र मानिन्छ।
यसैगरी अर्को किम्बदन्ती अनुसार श्रावण महिनामा माता पार्वतीले शिव पति पाऊभनि कठोर तपस्या गरेको र भगवान शिवलाई पतिको रुपमा पाएको भनि बर्णन गरिएको छ। यसरि श्रावण महिना भरि भगवान शिवका उपासकहरु उपासना , उपवास, प्रार्थना गरेर, र मन्दिरहरुमा भगवान शिवको दर्शन, शिव लिंगहरुमा जल अर्पण तथा गरिव गुरवलाई दाङ दक्षिण गरी भवन शिवसंग आशिर्वाद तथा बल माग्दछन । भगवान शिवका उपासकहरु जति धेरै शिवप्रति समर्पण र भक्तिभाव राख्छन उतिनै समृद्धि र खुशी आउनेछ भन्नेमा विश्वास गर्दछन । महिना भर भक्तजनहरुले सकभर सहकारी भोजन ग्रहण गरि शिवको ध्यान जप गर्ने गर्दछन।