• आइतवार, साउन ३, २०८३
  • | July 19, 2026


भोलि घोडेजात्रा


नेपाली अपडेट
शनिबार, चैत्र २८, २०७७
 

काठमाडौं। सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । घोडेजात्राको अवसरमा विदा दिइएको हो ।घोडा जात्राको मूल नाम पाहाँ चल्हे हो । पछिलो समय पाहा चल्हेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चल्हे भने चलन स्थापित हुन था ले को पनि छन यस पर्वमा नेपा मंडल भित्र देबी देवताको जात्रा गरी मना उने चलन छ । यही पाहा चल्हे नख मा पछि घोडाजात्रा थपेर घोडा जात्रा भन थालेको हो ,यस नख पर्बको नाम पाहाँ चल्हे हो । यो काठमाडौँको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो ।यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा मनाइन्छ, त्यसमा पनि कुनै दिन एसियाकै ठूलो परेड मैदान भनिएर चिनिएको काठमाडौँको मुटुमा रहेको टुँडिखेलमा यसको आयोजना हुनु र देशको अति उच्च देखि साधारण नागरिक सम्मले हेर्नु यो जात्राको विशेषता हो । यो चाडका दिन टुँडिखेलमा नेपाली सेनाले घोडचढी कला प्रदर्शन गर्दछ

प्रकाशित भएको : April 10th, 2021

सम्वन्धित समाचारहरु