• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


पहिलो तामाङ टेलि-सिरियल धर्ज्युका कलाकार चन्द्रजीत मोक्तानलाइ पितृ शोक परेको छ ।


bhim tamang
शुक्रबार, मंसिर १२, २०७७
 

काठमाडौं:-पहिलो तामाङ टेलि-सिरियल धर्ज्युका कलाकार चन्द्रजीत मोक्तानलाइ पितृ शोक परेको छ । नेपाल पत्रकार महासंघका प्रदेश पार्षद समेत रहेका कलाकार मोक्तानका ६३ वर्षिया पिताजी माइला लामाको उपचारको क्रममा निधन भएको हो ।

मृगौला रोगबाट पिडित लामाको शुक्रवार अन्तिम संस्कार गरिने बताईएको छ ।

मोक्तानको पिताजीको निधन प्रति शोक विज्ञप्तिमा मृत आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त पत्रकार मोक्तान लगायत सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गरेको छ । मृतक लामाको श्रीमती , एक छोरा र एक छोरी रहेका छन ।

प्रकाशित भएको : November 27th, 2020

सम्वन्धित समाचारहरु