• बिहिबार, बैशाख २०, २०८१
  • | May 2, 2024


निद्रा लाग्दैन भने यसो गर्नुस्


नेपाली अपडेट
शनिबार, पुस १२, २०७६
 

निद्रा नलाग्ने धेरै कारण हुन्छन् । उठ्ने र सुत्ने समयको टुंगो नहुने मानिसमा निद्रा लाग्दैन । यति मात्रै होइन, मोटोपन, डिप्रेसन, मधुमेहलगायतका समस्या भएका मानिसलाई पनि निद्रा लाग्दैन । निद्रा नलागेर हैरान हुनुहुुन्छ भने यस्ता उपाय अपनाउनुहोस् :

-लागुऔषध दुव्र्यसनीमा हुनुहुन्छ भने आजैदेखि त्याग्नुहोस् । यसको सेवनले मानिसलाई निद्रा लाग्दैन ।

-आफूलाई सहज हुने गरी सुत्नुहोस् । आफू सुत्ने बिस्तारा नमिलेको खण्डमा पनि निद्रा लाग्दैन ।

-सुत्नेवेलामा एक गिलास पानी पिउनु ठीक भए पनि धेरै पानी पिउँदा राति पिसाब लाग्छ र निद्रा बिग्रन्छ ।

-घुर्ने समस्याका कारण व्यक्ति आफूलाई मात्रै असहज हुँदैन, छेउमा सुत्ने अरू व्यक्तिलाई पनि असर गरिरहेको हुन्छ । घुर्ने समस्या छ भने उत्तानो परेर नसुत्नुहोस् । यसले अलिकति कम हुन्छ ।

-दिउँसो सुत्ने मानिसलाई राति निद्रा लाग्दैन । दिउँसो निद्रा लाग्ने तर साँझमा निद्रा लाग्दैन भने दिउँसो सुत्न बन्द गर्नुहोस् ।

-स्वस्थ खानपानले निद्रा लाग्न मद्दत गर्छ । माछा, मासु, दही, केरा, प्याजजस्ता खाद्य पदार्थ खानामा समावेश गर्नुहोस् ।

-व्यायाम गर्ने बानी छैन भने अबदेखि व्यायाम गर्नुहोस् । यसले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ । एक अध्ययनअनुसार हरेक स्वस्थ मानिसलाई मज्जाको निद्रा लाग्छ ।

-डिनरमा तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना खानुहोस् । जसले मिठो निद्रा लगाउन मद्दत पुर्‍याउँछ ।

-चर्को प्रकाशमा सुत्ने बानी छ भने यसतो बानी त्याग्नुहोस् । यसले निद्रा लाग्दैन । तसर्थ, बेडरुममा मधुरो प्रकाश बाल्नुहोस् ।

-ओछ्यानमा पल्टिएसँगै मोबाइलमा फेसबुक खोल्ने, च्याटिङ गर्नेलगायतका बानी छन् भने त्याग्नुहोस् । सुत्नुअघि जे–जे गरे पनि बिस्तारामा पल्टिएसँगै मोबाइल साइलेन्समा राखेर सुत्नुहोस् । मोबाइल नचलाउनुहोस् ।

अन्तिम पटक अपडेट गरिएको : November 26th, 2020,

सम्वन्धित समाचारहरु