• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


श्री टुसाल युवा क्लब”बि”डिभिजनको लागि तयारी


नेपाली अपडेट
आइतवार, फाल्गुन १, २०७८
 

काठमाडौं।२०७८ फागुन आइतबार १ गते। श्री टुसाल युवा क्लबले अखिल फुटबल संघ द्वारा सञ्चालन हुुन गईरहेको शहिद स्मारक” बि” डिभिजन लिग फुटबल प्रतियोगिता -२०७८ को तयारी बारे विवरण  तथा चियापान कार्यक्रम सम्पन्न गरिएको छ।

खेलाडी छनोट क्लबका खेलाडीहरुलाई फिफाका प्रशिक्षकले प्रशिक्षण दिईरहेको, खेल अवधिभर बस्न बौद्धनाथ क्षेत्र विकास समितिमा व्यवस्था गरिएको र खेलमैदानको बारेमा अध्यक्ष बिजय लामाले जानकारी दिदै सम्पूर्ण उपस्थित खेल प्रेमी महानुभावहरुलाई क्लबका तयारी बारे विवरण प्रस्तुत गरेका थियो ।

आफ्नो मन्तव्य दिदै ६ नं वार्ड अध्यक्ष दिपेन्द्र लामा , बौद्ध नाथ क्षेत्र विकास समिति कार्यकारिणी निर्देशक बसन्त लामा” लो”, बौद्ध नगर विकास समितिका अध्यक्ष तेजमान लामा वरिष्ठ समाजसेवी जयमंगल लामा बौद्ध भेट्रान क्लबका अध्यक्ष विवेक लामा  लगायतले क्लबको प्रगति र” बि” डिभिजन लिग बाट उन्नति गरेर “ए” डिभिजन पुग्न सफलताको शुभकामना व्यक्त गर्दै  आर्थिक सहयोगको वाच गरेका थिए।

सो कार्यक्रमको संचालन क्लबका पुर्व अध्यक्ष अनमोल श्रेष्ठले गरेको कार्यक्रममा    विभिन्न संघ संस्थाका प्रतिनिधित्व गरेर आएका प्रतिनिधिहरु स्थानीय समाजसेवी, खेलाडी ,युवहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित भएको : February 13th, 2022

सम्वन्धित समाचारहरु