• मङ्लबार, बैशाख ११, २०८१
  • | April 23, 2024


बजारमा प्लास्टिकको नक्कली अण्डाको बिगबिगीः यसरी चिन्नुहाेस् प्लास्टिक को अन्डा (नक्कली तथा सक्कली अण्डा )(भिडियाे सहित)


नेपाली अपडेट
शुक्रबार, साउन २४, २०७६
 

काठमाडौं । अण्डा स्वास्थ्यको लागि निकै पोषिलो मानिन्छ । तर, अब बजारमा अण्डा किन्न जानुअघि धेरै सोच्नुपर्ने भएको छ । यतिबेला भारतीय बजारमा नक्कली अण्डाको बिगबिगी देखिएको छ । नक्कली अण्डा खाएर मानिसहरु बिरामी पर्न थालेका छन् । भारतसँग खुला सीमा भएका कारण नक्कली अण्डाहरु नेपाली बजारमा पनि नभित्रिएला भन्न सकिन्न । यसै कारण हामीले सक्कली र नक्कली अण्डा चिनिराख्नु आवश्यक छ । झट्ट हेर्दा उस्तै देखिने भएकाले हेरेकै भरमा कुन सक्कली अण्डा र कुन नक्कली भनेर छुट्याउन गाह्रो पर्छ । अण्डा नक्कली हो भनेर यी तरिकाबाट चिन्न सकिन्छ:

– सक्कलीको तुलनामा नक्कली अण्डाको बोक्रा केही कडा हुन्छ । बोक्राको भित्री भागमा रबर जस्तो लाइनिङ हुन्छ ।

– नक्कली अण्डालाई औंलाले बिस्तारै हिर्काउँदा ट्वाकट्वाक आवाज सुनिन्छ, जुन आवाज सक्कलीको तुलनामा सानो हुन्छ ।

– अण्डालाई फुटाएर केही समयको लागि छोडिदिनुभयो भने अण्डाको सेतो र पहेँलो भाग केही समयमै मिल्न थाल्छन् । त्यसो भएमा त्यो नक्कली अण्डा हो ।

– नक्कली अण्डा उसिनेर पाकेपछि पनि पानीमा डुब्दैन । यसलाई कैयौं दिनसम्म बाहिर राख्दा पनि न यसमा झिँगा बस्छ, न त कमिला नै लाग्छ ।

– यदि त्यो नक्कली अण्डा हो भने अम्लेट बनाउन प्यानमा हाल्नासाथ पहेँलो भाग प्यानको वरिपरि फैलिन थाल्छ । जबकि सक्कली अण्डालाई प्यानमा हालेपछि नचलाउँदासम्म पहेँलो भाग एक ढिक्का भएर बसिरहन्छ ।

के हो नक्कली अण्डा ? कसरी बनाइन्छ ?
नक्कली अण्डा चीनबाट आयातीत हुने गरेको धेरैको विश्वास छ, त्यसैले यसलाई कतिपयले ‘चिनियाँ अण्डा’ समेत भन्ने गर्छन् । यस्ता अण्डा सोडियम अल्जिनेटलाई तातोपानीमा मिसाएर त्यो मिश्रणमा जिलेटिन, ऐलम तथा बेन्जोइक नामक तत्व मिसाएर बनाइन्छ ।


अण्डाको भित्रको पहेंलो भाग तथा बाहिरको सेतो भाग तयार गर्न पनि यही मिश्रणको प्रयोग गरिन्छ । पहेंलो भाग बनाउन मिश्रणमा पहेलो रंगको प्रयोग बढी गरिन्छ । अण्डाको बोक्रा बनाउन भने क्याल्सियम क्लोराइडको प्रयोग गरिन्छ । साभार श्राेतः बिभिन्न अनलाइन

प्रकाशित भएको : August 9th, 2019

सम्वन्धित समाचारहरु