• आइतवार, बैशाख १६, २०८१
  • | April 28, 2024


बिदुर राज गिरीको “व्यथा” सार्वजनिक


नेपाली अपडेट
शुक्रबार, साउन १२, २०८०
 

गीतकार तथा संगीत सर्जक बिदुर राज गिरीले आफ्नै शब्द र बाबुल गिरीको आवाजमा कलाकारहरुको वेदनालाई समेटि म्युजिक भिडियो ” ब्यथा” आफ्नै युटुब च्यानल Bidur Raj Giri मार्फत बजारमा ल्याएका छन । जुन गीतमा “सीरुपाते जुँगामा”का गायक बाबुल गिरीको स्वर /संगीत / संगीत संयोजन / मिक्सिङ / मास्टरीङ रहेको छ ।

नीकै मार्मिक शब्द तथा कथा बस्तुमा तयार गरिएको युक्त्त गीतमा सुबि म्युजिक प्रोडकसनको प्रोप्राइटर सुजता गिरीको कथा लेखन, सुरज ढकालको सह निर्देशन तथा चर्चित युबा निर्देशक उमेश गुरुङको उत्कृष्ठ अनि परिपक्क निर्देशन रहेको छ । सर्बाधीक रुचाइएको टेलीचलिचत्र “भुन्टिका” नायक तथा चर्चित मोडल बिनोद श्रेष्ठ , तथा “त्यागकी ” नायिका स्वानिका बास्तोला, बाल कलाकार ब्रीजेस राज गिरी , सुजता गिरी ,प्रदिप गिरी ,सुचना भट्ट ,सरोज ढकाल ,बिनोद ढकाल,पृथ्वी नारायण अधिकारि लगायत स्वयं बिदुर राज गिरी र अन्य कलाकारहरुको बेजोड अभिनयमा कलाकर्मीहरुको दु:ख, मेहनत र मेहनत पछिको अपेक्षित उपलब्धी प्राप्त नहुदाको   वेदनालाई मार्मिक रुपमा झल्काउन खोजिएको छ ।

यस अघि गिरीले गायक शिव परियारको आबजमा ” लजालु नयन ” प्रमोद खरेल र बानिका प्रधानको आबजमा “शिव बम बम” साथै टीका बोम्जनको आबाजमा “पर्देश बाट तिमी फर्की आउ ” आफ्नै “बिदुर राज गिरी ” युटुब च्यानलबाट प्रसारण गरि सकेका छन । यसका साथै अन्य गीतको पनि तयारी गरि रहेका बताएका छन । गिरी एक कुसल फिल्म स्कृप्ट लेखक पनि हुन ।

भीडियाे निर्माणमा साथ र सहयोग गर्नु हुने उमेश गुरुङ ,सुरज ढकाल र प्रदीप गिरी लाई निर्माण पक्षले धन्यवाद दिएको छ । आम मानिसहरुको पिडा र दुखले भरीएको उक्त म्युजिक भिडियो सबै दर्सकलाई हेरी साथ र हौसला दिनु हुन गीतकार गिरीले बिनम्र अनुरोध पनि गरेका छन।

प्रकाशित भएको : July 28th, 2023

सम्वन्धित समाचारहरु