• आइतवार, साउन ३, २०८३
  • | July 19, 2026


तुलसीराम पुरीको “पिरतीको दाउ” सार्वजानिक


नेपाली अपडेट
शुक्रबार, भदौ १, २०८०
 

काठमाडौँ – अल्लारे युवायुवतीको रोमान्चक ख्याल ठट्टा शैलीमा सर्जक तुलसीराम पुरीको शब्द तथा संगीतमा “पिरतीको दाउ” बोलको गीत सार्वजानिक भएको छ। बाबुल गिरीको संगीत संयोजन रहेको यस गीतमा गायिका सुनिता पुरी र नेपाल आईडियल सिजन ३ का सेकेन्ड रनर अप किरण भुजेलको मिठो स्वर रहेको छ।

भावना राईको नृत्य निर्देशन रहेको म्युजिक भिडियो भिम बहादुर तामाङ्गको छायांकन तथा सम्पादन रहेको छ भने म्युजिक भिडियोमा स्वयं गायक किरण भुजेल र नव नायिका रेश्मा तामाङ्गको अभिनय रहेको छ। यात्राको क्रममा बसमा भेट भएका युवा युवतीबीचको मनोबैज्ञानिक कथनलाई म्युजिक भिडियो निर्देश किरण चाम्लिङ्ग राईले भिडियोमा कलात्मक रुपमा उतारेका छन।

संगीतकार पुरीले यसअघि गन्तव्य, शिरफुल, जिन्दगी डुबायो, मायाको ब्यथा लगायतका दर्जनौ गीतमा शब्द /संगीत गरिसक्नु भएको छ भने यस गीतलाई  Tulasi Ram Puri युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

 

प्रकाशित भएको : August 18th, 2023

सम्वन्धित समाचारहरु