काठमाडौँ – सिङ्गिङ सुपर स्टार सिजन-१ का विजेता गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘झल्को ज्यानकै आउने’ बजारमा ल्याएका छन् । यसअघिका राईका `तोडियो तोडियो’ ‘कालो कालो’ ‘अर्खौले बजारैमा ’ लगायतका दर्जनौं गीत दर्शक तथा स्रोताले निकै मन पराएका थिए ।
म्युजिक भिडियोमा गाउँले परिवेशको धनि र गरिव बिचको सामाजिक/ आर्थिक बिवेधको कारण युगल जोडीको माया प्रेममा आएको उल्झनलाई युवाको संघर्ष र युवतीको पर्खाई र बाध्यतालाई वियोगान्त रुपमा प्रस्तुत गरिएको छ। गीतमा दुर्लभ जन्तरेको शब्द सृजना, राजु सेन्चुरीको संगीत र सुबिन सेन्चुरीको संगीत संयोजन रहेको छ । भिडियोलाई दुर्लभ जन्तरेले निर्देशन गरेका छन् भने भिडियोमा इन्द्र खरेल, उषा उप्रेती, दुर्लभ जन्तरे लगायत अमित लोहरुङ राई र प्रेम श्रेठको अभिनय देख्न सकिन्छ l
पवन सुस्लिङको छायांकन र सम्पादन रहेको भिडियोलाई राजेश राई युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
पुरा भिडियो हेन तल क्लिक गर्नुस