• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


किशोर चाम्लिङ्गको नेपालकी छोरी गीत सार्वजनिक (म्युजिक भिडियो सहहित) ।


नेपाली अपडेट
शुक्रबार, साउन ३०, २०७७
 

पुर्बको पशुपतीनाथले चर्चित हलेसीको माटोले जन्माएको किशोर चाम्लिङ्गको नेपालकी छोरी गीत म्युजिक भिडियो सहित सार्बजनिक भएको छ ।

पुर्बी नेपालको खोटाङ्ग जिल्ला साबिक एैसेलुखर्कमा जन्मिएर जिल्लाकै साबिक बुईपामा रहेको चम्पावती माध्यमिक बिद्यालयमा माध्यमिक तहको शिक्षा पुरा गरेका चाम्लिङ्ग सानै उमेर देखी साहित्य गीत,संगित,कला,र पत्रकारितामा चासो राख्ने एक मेधाबी अब्बल तहको निरन्तर कलम चलाउने श्रष्टाका रुपमा स्थापित युवा दस्ताका रुपमा परिचित छन् ।

उच्च शिक्षाको अध्ययन संगै काठमाण्डौलाई कार्यथलो बनाएका किशोर चाम्लिङ्गले नेपाली साहित्यिक पत्रकारिता हलेसी हवाई साहित्यिक पत्रिका नेपालको ग्रामिण साहित्यिक हवाई पत्रिकामा एउटा कोशेढुङ्गाको रुपमा स्थापित ग्रामिण क्षेत्रका श्रष्टा साहित्य पारखीले मन पराएको पत्रिका सञ्चालन गरेका थिए ।

उनै साहित्कि ब्यक्तित्व किशोर चाम्लिङ्गको शब्द संकलन,संगितकार लक्ष्मण चौलागाई,भाइरल वाल गायीका आयुष्मा राईको स्वरमा सजिएको नेपालकी छोरी बोलको गीत लोकबाबु शाक्यको निर्देशनमा म्युजिक भिडियो सहित आज सार्बजनिक भएको छ । जसका अन्य भिडियो हरु करोड भन्दा बढी दर्शक ले मन पराएकाछन् । कलाकारहरु लक्कि शेर्पा,मौनता माडबारी,श्रृष्टी श्रेष्ठ र कृति श्रेष्ठ रहेको जानकारी प्राप्त भएको छ ।

दुई दर्जन भन्दा बढी गीत सार्बजनिक गरिसकेका सर्जक चाम्लिङ्गले पछिल्लो समय हलेसी तुवाचुङ्ग नगरपालिकाको नगर गीतको छायांकन समेत गरेकाछन् भने उक्त भिडियोहरु तुवाचुङ्ग टि.भि मा हेर्न सकिने चाम्लिङ्गको भनाई रहेको छ । भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस

अन्तिम पटक अपडेट गरिएको : November 26th, 2020,

सम्वन्धित समाचारहरु