Author: Nepali Update

दुर्गमका बासिन्दालाई स्थानीयस्तरमै उपचार प्रदान गर्न अस्पताल निर्माण
दुर्गमका बासिन्दालाई स्थानीयस्तरमै उपचार प्रदान गर्न दक्षिणी रसुवाको पारच्याङमा अस्पताल भवन निर्माण थालिएको छ । सामान्य औषधि वितरण र घाउ खटिराजस्ता रोगको मात्र उपचार गराउने स्वास्थ्यचौकी रहेको स्थानमा ग्रामीण अस्पताल निर्माण हुन थालेपछि स्थानीयवासी खुसी भएका छन् । अस्पताल निर्माण सम्पन्न भएपछि चिकित्सकको दरबन्दी सिर्जना हुने स्थानीय तहले जनाएको छ । नौकुण्ड गाउँपालिकाको सदरमुकामसमेत रहेको […]
पूरा पढ्नुहोस्
कर्जा असुली सूचना निकाल्दा फोटो छाप्न मनाही
बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीबाट कर्जा असुलीका लागि सूचना जारी गर्दा उनीहरुको तस्बिर सार्वजनिक गर्न नपाउने भएका छन् । ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । ‘कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा सार्वजनिक व्यक्तिको तस्विर प्रकाशन […]
पूरा पढ्नुहोस्
संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयनका लागि सबैलाई आग्रह गरेका छन् । निर्वाचन आयोग र नीति अनुसन्धान प्रतिष्ठानद्वारा बिहीबार यहाँ आयोजित ‘नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री सुदन किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको बिहीबार तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए। उनले भने– ‘यो नै पूर्ण सुधार होइन । तर क्रमिकरुपमा सुधार भइरहेको छ । यसबाट म आंशिक सन्तुष्ट छु । […]
पूरा पढ्नुहोस्
खोटाङमा वार्षिक डेढ अर्बको आयातित तेल प्रयोग
दश स्थानीय तह रहेको खोटाङका अधिकांश बासिन्दा आफ्नो भान्छामा बाहिरबाट आयात गरिएको खाने तेल प्रयोग गर्छन् । वि.सं.२०७८ को जनगणनाअनुसार २ लाख ६ हजार ३ सय १२ जनसङ्ख्या रहेको जिल्लामा न्यून बासिन्दाले मात्रै घ्यू तथा आफैँले उत्पादन गरेका तोरी र सूर्यमुखी फूलको तेल प्रयोग गर्दै आएका छन् । २ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लामा […]
पूरा पढ्नुहोस्
‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम शुभारम्भ
नेपाल सरकार, संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घको संयुक्त साझेदारीमा नेपालमा लैङ्गिक समानता , महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउन कार्यक्रम शुभारम्भ गरिएको छ । ‘सशक्त महिला, समृद्ध नेपाल’ नाम दिइएको चारवर्षे संयुक्त राष्ट्रिय कार्यक्रम मंगलबार ललितपुरको पाटनमा आयोजित विशेष समारोहमा शुभारम्भ गरिएको हो । उक्त कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, युरोपियन […]
पूरा पढ्नुहोस्
युरोपेली सङ्घको टोलीद्वारा चिलिमे—त्रिशूली प्रसारण आयोजना निरीक्षण
युरोपेली सङ्घको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २ सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ । सङ्घको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेँसीमा २२०–१३२–३३ केभीको क्रमशः चिलिमे हब र त्रिशूली थ्री […]
पूरा पढ्नुहोस्
खोटेहाङ गाउँपालिमा प्रयोग नै नगरी थन्कियो दमकल
‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) २ वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गाउँपालिकालाई दमकल हस्तान्तरण गरेको थियो । विराटनगरबाट ल्याएको केही महिनापछि नै ब्याट्री डाउन भएको दमकललाई गाउँपालिकाको केन्द्र खोटाङबजारस्थित इलाका प्रहरी कार्यालयमा थन्क्याएर राखिएको […]
पूरा पढ्नुहोस्
किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु
प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ बिहीबारदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ । १५ दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती पुर्खा–धामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुआत गर्ने तयारी […]
पूरा पढ्नुहोस्
नेपालमा बुबाको पथ पछ्याउँदै टोनी हेगनकी छोरी
मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौँको एक होटलमा भेट्दा डा क्याट्रिन रोल्पा जाने तयारीमा हुनुहुन्थ्यो । यसपालि पनि उहाँको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर । हाडजोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उहाँ बर्सेनि नेपाल आउनुुहुन्छ, यहाँका कुनाकन्दरामा पुग्नुहुन्छ, स्वास्थ्य शिविर राख्नुहुन्छ र विशेषगरी उहाँको विशेषज्ञताको हाडजोर्नीसम्बन्धी निःशुल्क उपचार दिनुहुन्छ । नेपाल कति पटक आउनुभयो ? […]
पूरा पढ्नुहोस्