• बिहिबार, बैशाख २०, २०८१
  • | May 2, 2024

Author: Nepali Update

‘तिम्रै मायामा’ बोलको गित सार्वजनिक भएको छ

अभिनय जीवन माझि, उषा थापा मगर, रीता बसेल, कुमार दोङ लक्ष्मी तामाङले अभिनय रहेको तिम्रै मायामा पागल भाको मान्छे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा एकल स्वर,शब्द गायक ज्ञानेन्द्र माझि र सङ्गीत यमान माझि रहेको छ । तिम्रै मायाँमा म पागल भाको मान्छे बोलको गीत म्युजिक भिडियोमा समावेश गरिएको छ । सोही […]

पूरा पढ्नुहोस्

महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाइने

काठमाडौं महानगरपालिकाले जथाभावीरुपमा सञ्चालनमा आएका र महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाउने भएको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै काठमाडौंको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिङ कार्यालय भदौ १ देखि हटाउने भएको हो । महानगरपालिकाले काठमाडौं उपत्यकाबाट बाहिर चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि […]

पूरा पढ्नुहोस्

भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि गड्डाचौकी नाकामा कडाइ

भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको हो । ‘भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, ‘पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन […]

पूरा पढ्नुहोस्

आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ : डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पछिल्लो समय आफ्नै कमी कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो भएको बताएका छन् । ‘अब हामी ढिलो नगरी जनअपेक्षाअनुरुप संसद्, सरकार र प्रतिपक्ष सबै एकै ठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुको विकल्प छैन’, प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले उनले भने– ‘हाम्रा कमी कमजोरीले सङ्घीयता र प्रदेश संरचनाप्रतिको […]

पूरा पढ्नुहोस्

आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आइतबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । स्थानीय […]

पूरा पढ्नुहोस्

उपत्यकामा बढ्दो सवारी दुर्घटना : ३ वर्षमा ४ सय ८४ जनाको मृत्यु

गत फागुन २४ गते साँझ काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो । साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले पत्रकार श्रेष्ठले चलाएको बा९४प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा साँखुबाट प्रकाशित हुँदै आएको लावण्य साप्ताहिक पत्रिकाका प्रधान सम्पादक श्रेष्ठको मृत्यु भयो । सोही दिन […]

पूरा पढ्नुहोस्

८ महिनामा ५ लाख ६१ हजार सवारी साधन कारबाहीमा

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ लाख ६१ हजार ३ सय ७५ सवारी साधन कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारी साधनलाई कारबाही गरेको हो । कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार […]

पूरा पढ्नुहोस्

आज घोडे जात्रा पर्व मनाइदै , काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा […]

पूरा पढ्नुहोस्

फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति

सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् । फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार ८ सय ४५ ले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । कुन देशमा कति […]

पूरा पढ्नुहोस्

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ सोमबार दिउँसो १ बजे

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिए । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको […]

पूरा पढ्नुहोस्