• शनिबार, बैशाख १५, २०८१
  • | April 27, 2024


सिंगापुरे पर्यटकहरूकाे नेपाल भ्रमण वृत्तचित्र प्रकाशित


नेपाली अपडेट
आइतवार, फाल्गुन ६, २०८०
 

सिंगारपुरबाट नेपाल आएका पर्यटकहरुबारे चर्चित वृत्तचित्र निर्माता, निर्देशक एवम् छायाँकार तथा सम्पादक भीमबहादुर तामाङले निर्माण गरेको सुन्दर वृत्तचित्र हालै युट्युबमार्फत सार्वजनिक भएको छ । Master Lim Say Fon Khenpo ( Abbot) Enthronement and blessing Program को लागि अप्रिल, २०२३ मा सिंगापुरे टोली नेपाल भ्रमणमा आएको थियो ।

भीमबहादुर तामाङले यसअघि पनि नेपालका विभिन्न प्राकृतिक, धार्मिक, मनोरम र चर्चित स्थानहरुको भ्रमण–अवलोकलन गरेर यस्ता अनेकौं प्रकारका मनोरन्जनात्मक एवम ज्ञानवर्द्धक वृत्तचित्रहरु वृत्तचित्रहरु निर्माण गर्दै आएका छन् । उनले निर्माण गरेका वृत्तचित्रहरु भिडियो शेयररिङ प्लेटफर्म नेपाली अपडेट (Nepali Update) युट्युब च्यानल मार्फत प्रशस्त मात्रामा हेर्न पाइन्छ ।
वृत्तचित्र निर्माण मात्र नभई आफूहरुले नेपालका विभिन्न जात–जाति, भेषभुषा , संस्कार–संस्कृति तथा धर्म र यहाँको भौगोलिक विविधताबारे मनग्य बुज्ने मौका पाएको सिंगापुरे पर्यटकहरुले प्रतिक्रिया दिएका छन् । यस्ता वृत्तचित्रहरुको निर्माण र प्रकाशन गर्दा नेपालमा लुकेर रहेका विभिन्न पर्यटकीय स्थलहरुबारे संसारभर प्राचार प्रसार हुने र पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उनीहरुको भनाइ छ ।

वृत्तचित्रकार भीमबहादुर तामाङ जस्ता अरु वृत्तचित्रकार तथा भिडियो निर्माताहरुका कामले नेपालका विभन्न स्थानमा पुग्न, त्यहाँका भूगोल र रहनसहन बुझ्न तथा सेवा–सुविधा प्राप्त गर्न निकै सहज भएको छ। वृत्तचित्र निर्माणमा तामाङका सहकर्मी मिसन राईले सघाएका छन् ।

भिडियो हेर्नको लागि यहाँ Click गर्नुहोस

प्रकाशित भएको : February 18th, 2024

सम्वन्धित समाचारहरु