• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


अन्तर्राष्ट्रिय जगतमा नेपालकाे महत्वपूर्ण पर्यटकिय गन्तव्य स्थलकाे रूपमा परिचित छ ठमेल


नेपाली अपडेट
बुधबार, भदौ १६, २०७८
 

काठमाडौं । अन्तर्राष्ट्रिय जगतमा नेपालकाे महत्वपूर्ण पर्यटकिय गन्तव्य स्थलकाे रूपमा परिचित छ ठमेल। पर्यटन व्यवसायी तथा घरधनीकाे हक र हितलाई संरक्षण गर्दै ठमेल क्षेत्रलाई व्यवस्थित र प्रवर्धन गर्ने कार्यमा ठमेल पर्यटन विकास परिषद् संलग्न रहेकाे छ।

काेभिडद्वारा सिर्जित महामारीका कारण लामाे समय देखि नेपालकाे प्रमुख पर्यटकिय ठमेल क्षेत्रमा पनि ठूलाे नाेक्सानी पुर्याएकाे छ। यश क्षेत्रमा संचालनमा रहेका विभिन्न पर्यटन व्यवसायहरू निश्चित समय ताेकेर संचालन गर्न अनुमती भए पनि रात्रिकालिन मनाेरञ्जन व्यवसायहरू भने अझै पनि संचालन गर्न नपाउँदा अरबाैँघाटा भइरहेकाे र लाखाैँकाे राेजगारी गुमेकाे, व्यवसायीहरूले घरभाडा तिर्न नसकेकाे र सरकारले सहुलियत रूपमा बैँकबाट ऋण उपलब्ध गराउन सकेकाे छैन।

रात्रिकालिन मनाेरञ्जन क्षेत्र ठप्प हुँदा यस व्यवसायमा आश्रीत ५०आैँ हजार मजदुरहरू राेगले भन्दा भाेकले मर्ने अवस्था सिर्जना भएको छ।

रात्रिकालिन व्यवसायहरू लाउन्ज बार, डिस्काे थेक, डान्स बार, दाेहाेरी, गजल, लाइभ ब्याण्ड, पव, हाेटल, रेष्टुरेण्ट, स्पा लगाएतका सम्पूर्ण व्यवसायहरूलाई प्राेटाेकल बनाइ ल्याउन सुझाव दिएका छन् ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाश नरसिंह राणा।

अध्यक्ष राणाले रात्रिकालिन व्यवसाय संचालनमा ल्याउन अनुमति प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रात्रिकालिन व्यवसायीहरूकाे हस्ताक्षर सहितकाे नामावली र प्रतिवद्धता पत्र बुझाएका छन्। एकदिन यता दाेहाेरी साँझ तथा रात्रिकालिन व्यवसाय संचालन तथा व्यवस्थापन समितिले र सम्पूर्ण व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा एकमुष्ट चाबी बुझाएका थिए।

रात्रिकालिन व्यवसाय संचालनमा ल्याउन सि.सि.एम.सि जस्ता अन्य माथिल्ला तहहरूसँग पनि छलफल गर्ने र व्यवसाय संचालनमा ल्याउन भरपुर प्रयास गर्ने प्रतिबद्धता जनाए ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष नरसिंह राणा।

प्रकाशित भएको : September 1st, 2021

सम्वन्धित समाचारहरु