• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


बौद्धको गाईजात्रा तथा रोपाइँजात्रा (हिलेजात्रा) सम्बन्धि बैठक


नेपाली अपडेट
शनिबार, साउन २१, २०७९
 

काठमाडौं । बौद्धको मौलिक परम्परागत रुपले मनाउँदै आईरहेको गाईजात्रा तथा रोपाइँ जात्रा यहीँ २०७९ साउन २७ र २८ गते भव्य सभ्य रुपले मनाउन बैठक सम्पन्न भयो।

उक्त बैठकले तामाङ कल्याण गुठी र बौद्ध नाथ क्षेत्र विकास समितिको संयुक्त संयोजकत्वमा र स्थानीय संघ संस्थाको सहभागीतामा  गाईजात्रा तथा रोपाइँ जात्रा मुल समारोह समिति गठन गरिएको र जात्रा व्यवस्थापन गर्न पाँच सदस्य समिति समेत स्थानीय समाजसेवी व्यक्तित्वहरुबाट गठन गरिएको नेपाली अपडेटलाई गुठीका अध्यक्ष खड्ग जीत लामाले बताउनुभएको छ।

जात्रा बौद्ध परिसर परिक्रमा गरि ,बौद्ध पिपल बोट,बौद्ध टुसाल र पुन बौद्ध परिसर खुल्ला स्थानमा जम्मा भई औपचारिक कार्यक्रमकासाथा  सु सम्पन्न गरिने  र  विभिन्न विधाका रोपार, हाली, हाँस्या व्यंग्य,ख्याली,झाँकी,    उत्कृष्ट कला प्रस्तुति गर्ने सहभागी कलाकारहरू लाई उचित पुरुस्कारले पुरुस्कृत गरिने गुठीका सल्लाहकार टासी कुमार लामाले हामीलाई बताउनुभएको छ।

प्रकाशित भएको : August 6th, 2022

सम्वन्धित समाचारहरु