• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


बौद्ध नाथ क्षेत्र विकास समिति द्वारा ज्येष्ठ नागरिक भ्रमण गरियो


नेपाली अपडेट
बिहिबार, चैत्र १०, २०७८
 

काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिको वार्षिक कार्यक्रम ज्येष्ठ नागरिक भ्रमण कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिएको छ।

आईतवार बौद्धबाट सुरु भएको भ्रमण मंगलबार टुंगिएको थियो  बौद्धनाथ क्षेत्र विकास समिति द्वारा वार्षिक बजेट अन्तर्गत  विनियोजित ज्येष्ठ नागरिक भ्रमण कार्यक्रम वार्षिक रुपले गरिदै आईरहेको समितिका  कार्यकारिणी निर्देशक बसन्त लामाले जानकारी दिनुभएको छ।

भ्रमण विभिन्न ऐतिहासिक साँस्कृतिक धार्मिक स्थानहरुको अवलोकन गरिएको थियो। समितिको वार्षिक  नियमित कार्यक्रम अन्तर्गत आ.व.२०७८/७९ को जेष्ठ नागरिकहरुलाई सिन्धुलीगढीमा रहेको युद्धकालिन संग्राहलय, जलेश्वर स्थित जलेश्वर महादेव र जनकपुर स्थित जानकी मन्दिर लगायत विभिन्न सागरहरु भ्रमण गराइयो थियो । भ्रमणमा ज्येष्ठ नागरिकहरुको उल्लेख्य सहभागी रहेको समिति अध्यक्ष चन्द्र मान लामाले बताउनुभएको थियोे ।

प्रकाशित भएको : March 24th, 2022

सम्वन्धित समाचारहरु