समाचार
फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति
सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् । फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार ८ सय ४५ ले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । कुन देशमा कति […]
पूरा पढ्नुहोस्
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ सोमबार दिउँसो १ बजे
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिए । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको […]
पूरा पढ्नुहोस्
ईविरुद्धको खेलमा नेपालले टस जित्यो
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेटस् (युएई) विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आइतबार भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । यससँगै युएईले अब सुरुआतमा फिल्डिङ गर्ने भएको छ […]
पूरा पढ्नुहोस्
उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने योग्यता निर्धारण गर्न माग
स्वतन्त्र राष्ट्रिय अभियान नेपालले आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा महिला मात्र उम्मेदवार हुने गरी निर्णय गर्न निर्वाचन आयोगसँग माग गरेको छ । आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर अभियानका संयोजक स्वागत नेपालसहितको टोलीले बिहीबार उक्त माग गरेको हो । अभियानको स्मरणपत्रमा संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचन आचारसंहिता : पोस्टर टाँस्न नपाइने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङ्रोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ । त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयक निर्देशक […]
पूरा पढ्नुहोस्
मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ : रामचन्द्र पौडेल
राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेल (नेपाली कांग्रेस) ले आफ्नो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताएका छन् । उनले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्वाचित हुनेमा विश्वास व्यक्त गरेका हुन् । उनले भने– ‘सङ्घीय तथा प्रदेशसभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ । […]
पूरा पढ्नुहोस्
प्रङ्बोला ल्हाई हेर्न निर्देशको अनुरोध
बि.स २०३२ सालमा काभ्रेको हालको तिमाल गाउपालिका ९ मा पिता स्व . इन्द्र ब.दोङ र माता स्व. साइलिमाया दोङ बाट परिबारको ७ जना सन्तानमध्ये साइलो छोरो रुपमा जन्मिएका डिलबहादुर दोङ को बाल्यकालदेखिकै सपना कलाकारितामा थियो।परिबारका अन्य दाजु,भाइ हरु अन्य पेसा र ब्यबसायमा सकृय भयपनी डि बि को रहरलाइ कसैले रोक्न सकेन,फलस्वरूप २०६१ सालमा कलाक्षेत्रको केही […]
पूरा पढ्नुहोस्
मन्त्रालयको नाम परिवर्तन
कोशी प्रदेशका सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको नाम परिवर्तन भई ‘भौतिक पूर्वाधार विकास’ मन्त्रालय कायम भएको छ । मन्त्रालयहरुको सङ्ख्या थप घट हुँदा उक्त मन्त्रालयको नाम लामो र अप्ठ्यारो भएको भन्दै पहिलेकै नाम कायम गर्न मन्त्री दुर्गाप्रसाद चापागाईंद्वारा स्वीकृत गरी प्रदेश सरकार कार्यसम्पादन नियमावलीबमोजिम मुख्यमन्त्री कार्यालयमा पत्राचार गरिएको थियो । प्रदेश सरकार (मन्त्रीपरिषद्) को […]
पूरा पढ्नुहोस्
महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति छः प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति रहेको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११३औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा उजले महिला सशक्तिकरण र विकासका लागि राज्यका तर्फबाट प्राथमिकता दिने स्पष्ट पारे । प्रधानमन्त्री दाहालले महिलाको प्रजनन स्वास्थ, शिक्षामा सुधार हुँदै गएको, सूचना […]
पूरा पढ्नुहोस्
महिला विभेदविरुद्ध नारी जागरण आजको आवश्यकता : सभापति शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन् । १ सय १३औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदी बहिनीमा शुभकामना व्यक्त गर्दै उनले महिला दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको […]
पूरा पढ्नुहोस्