• शनिबार, कार्तिक १, २०८३
  • | October 17, 2026


आकाश घुम्ने चरिपन्छी गित भिडियो युटुब मार्फत सार्वजनिक


नेपाली अपडेट
मङ्लबार, अशोज २६, २०७८
 

 

काठमाडौं । स्वर्गीय नवीन लामा को पृथक शब्द रचनामा रहेको  युवा पुस्ताका तामाङ  मौलिक भाका खोज तथा  अनुसन्धानकर्ता गायक “बैरागी मोक्तान “को मनछुने मौलिक भाकामा ” नब गायिका नेहा तामाङको ” आकाश घुम्ने चरिपन्छी गित भिडियो युटुब मार्फत सार्वजनिक गरिएको छ।

गीतमा तामाङ संस्कार संस्कृति अनुसार  छोराको कर्मकाण्ड मात्र छेवार ब्रतबन्ध गरिन्छ । हाम्रो समाजमा छोरा र छोरी बराबर भनिन्छ  तर अहिले सम्म छोराछोरी विभेद नै देखिन्छ  त्यसैले छोरीलाइ पनि बुबा आमाको तर्फबाट कर्तव्य पूरा गर्नको लागि गुन्यु चोली दिएर भए पनि समान गर्नु पर्छ भन्ने एउटा बिषय बस्तुमा आधारित प्रस्तुत  गरेको भिडियोमा समेटिएको छ ।

भिडियो निर्देशका गायक बैरागी मोक्तान आफैंले गरेको म्युजिक ऐरेन्जर जोकलाल तामाङ , मिक्सिङ दिपेस प्रधान ,एटिटिङ एकता मगरले गरेकोमा कलाकारहरु दोर्जे मोक्तान ,बैरागी मोक्तान ,रामकृष्ण तामाङ , लोक लामा, लक्ष्मण लामा सकुन्तला तामाङ , सम्झन तामाङ ,मानिसा तामाङ ,मोनिका तामाङ ,नेहा तामाङ, प्रेमिका थिङ, लगायतको अभिनयले सजिएको छ।

 

प्रकाशित भएको : October 12th, 2021

सम्वन्धित समाचारहरु