• बुधबार, चैत्र १५, २०७९
  • | March 29, 2023


नायक अर्जुन खड्का कृषी व्यवसायमा व्यस्त निर्मला श्रेष्ठले यसरि दिए साथ


नेपाली अपडेट
सोमवार, भदौ ९, २०७६
 

चारैतिर रोपाइको चटारो मानो छरेर मुरी उब्जाउने असार महिना यसै विषयलाई समेटेर रोपाई गीतको भिडियो नायक अर्जुन खड्का र निर्मला श्रेष्ठको फिचर्ड सार्बजनिक भएको छ । थुप्रै फिल्म तथा दर्जनौ न्युजिक भिडियोहरुमा अभिनय गरी सकेका आर्जुन खड्का यो भिडियोमा भने बिल्कुलै फरक अर्थात किसानको भूमिकामा देख्न सकिने छ ।
कृष्ण बस्नेत र संगीता शाक्य थापाको आवाजमा रहेको ‘लागेछ नि असार’ गीतमा गायक बस्नेतकै शब्द तथा संगीत रहेको छ । गायक,नायक तथा निर्देशक यमन माझीले गीतको मर्म अनुसार भिडियोलाई उत्कृष्ट बनाएका छन् । गीतको भिडियोलाई रुपेश माझीले खिचेका हुन् भने अर्जुन खड्काले सम्पादन गरेका हुन् ।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस

प्रकाशित भएको : August 26th, 2019

सम्वन्धित समाचारहरु