• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


“उस्को नजरमा के?”सार्वजनिक


नेपाली अपडेट
मङ्लबार, माघ ११, २०७८
 

भनिन्छ मानविय स्वाभाव स्वार्थपर तथा आत्माभिमानी हुन्छ । आफु मात्र जाति, आफुले गरेको हर कर्म महान कर्म , आफै सर्वज्ञानी र आफै सर्वगुण सम्पन्न देख्ने आम मानवीय स्वभावले अरुले आफुलाई कसरि हेर्छ त ?भन्ने चिन्तनलाई प्राय: बेवास्था गर्छ। तर “उस्को नजरमा के?” भन्ने बोलको गीत अरुको नजर बाट आफु कस्तो देखिन्छु भन्नेकुराको पनि आत्मबोध हुनु पर्छ भन्ने भाव बोकेर आज Babul Giri  यु ट्युब च्यानल बाट सार्वजनिक भएको छ।

अग्रज र अनुजहरुको अनुपम सहकार्यको उत्तम नमुनाको रुपमा यस गीतलाई लिन सकिन्छ। आम नेपाली जनको सर्वप्रिय तथा बरिष्ठ हास्य कलाकार तथा गायक किरण के. सी. (राता मकै) संगीतकार/ संगीत संयोजक तथा गायक बाबुल गिरि तथा गायीका नितु पौडेलदेखि यसै गीत मार्फत नेपाली संगीत जगतमा डेब्यु गरेकी नव गायीका सुनिता पुरी सम्मको स्वर ले सुसज्जित “उस्को नजरमा के?” गीत रचना कवि गोपाल चन्द्र राउत तथा संगीत / संगीत संयोजन बाबुल गिरिको रहेको छ। गीतको म्युजिक भिडियोको छायांकन र सम्पादन ओम प्रशाईले गरेका छन् भने म्युजिक भिडियोको निर्देशन संगीत सागर मगर  ले गरेका छ्न।

पुरा भिडियो हेन तल क्लिक गर्नुस।

प्रकाशित भएको : January 25th, 2022

सम्वन्धित समाचारहरु