• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


केशरी थिङको चैत त पुर्णेको मेलामा सार्वजनिक


नेपाली अपडेट
मङ्लबार, माघ १८, २०७८
 

काठमाडौं । सामाजिक अभियान्त केशरी दोङको  स्वरमा सजिएको आफ्नो  जीवनका दुखद, भोगाइमा आधारित  मार्मिक गीत  चैत त पुर्णेको मेलामा  दर्शक तथा श्रोता माझ सार्वजनिक गरिएको छ।

छ्योईमे बत्ती बलेर समाजसेवी प्रमुख अतिथि दोर्जे लामाले सार्वजनिक गरेका कार्यक्रममा समाजका विभिन्न व्यक्तित्वहरु लगायत पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

नौ वर्षसम्म बिदेशमा बसेको समयमा आफ्नो घर छोडेर जाँदा घर परिवारमा भएको दुखद घटना र बिश्वब्यापी फैलिएको कोरोना १९ को सिकार भई बुबाको मृत्युु भएको जीवनमा परेको दुखलाई गीत मार्फत प्रस्तुत गरेको छ।

उक्त गीतमा निर्देशका तथा एडिट बैरागी मोक्तान, स्वर केशरी थिङ र विशाल पाख्रिन ,रेकर्डिङ निशाल योन्जन, एरेन्ज विशाल योन्जन ,मिक्सिङ डिका गुरुङ , कलाकारहरु केशरी थिङ,केशरी दोङ,दिप कुमार कुलुङ ,कविता थोकर , कृष्ण तामाङ विशाल पाख्रिन , मेकअप रेशम तामाङ क्यामर एकान्त मगर , रेकर्डिङ  स्टुडियो मूर्छुन डिजिटल जोरपाटी, पोष्ट प्रोडक्शन नेपाल अन्जना कृयशनले गरेका छन्।

प्रकाशित भएको : February 1st, 2022

सम्वन्धित समाचारहरु