
प्रभात लामा रसुवा
हिमाली जिल्ला रसुवाको उत्तरगया गाउँपालिका डाँडागाउँमा तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत २८५९ औं सोनाम ल्होछार ( ह्योइ ल्हो) को अवसरमा उत्तरगया गाउँपालिका डाँडागाउँमा यहि माघ ५ गते साँस्कृतिक कार्यक्रम हुने भएको छ । आयोजना हुन लागेको यस कार्यक्रममा रसुवा जिल्ला निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्य माननीय ई. मोहन आचार्य ज्यूको प्रमुख अतिथिमा रहने र विशिष्ट अतिथि बागमति प्रदेश सभा सदस्य इन्द्र गोदामे, विशेष अतिथि , अतिथि हरु विभिन्न पार्टीका नेता हरु रहने नेपाल एक्टिभ प्रोडक्सनका प्रोपाइटर लोकेन्द्र बाहादुर तामाङले जनाएको छ । राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुतीमा हुने उक्त कार्यक्रमको आयोजना भने नेपाल एक्टिभ प्रोडक्सनले गरेको हो ।
रसुवा जिल्लामा रहेको सामाजिक एवम साँस्कृतिक पर्यटनलाई अभिवृद्धि गर्ने उदेश्यका साथ उक्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा तामाङ समुदायको रहनसहन, सँस्कार सँस्कृतिलाई उजार गर्न यस कार्यक्रमले थप सहयोग गर्नेछ । साथै यस कार्यक्रमले उत्तरगया गाउँपालिकाको मात्र नभई सिंगो रसुवा जिल्लालाई पर्यटकिय स्थलको रुपमा चिनाउन सघाउ पुग्ने आयोजकको भनाई छ ।
राष्ट्रिय कलाकार विश्वदोङको वेजोड प्रस्तुती रहने उक्त कार्यक्रममा रेश्मा बोम्जन, सुमन घले, आशिक गोङ्बो, राजकिङ वाइबा, शिशिर थोकर, देव सोल्टा, सुनिता थोकर लगाएत हाँस्य कलाकार शेर बहादुर गुरुङ तथा नायक दावा फिन्जो तामाङ लगाएतका कलाकारको उपस्थिति रहने छ ।